१८ साउन, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोले यात्रु बस र जीप बगाएको छ ।इच्छाकामना गाउँपालिका ६ कालिखोलामा झरेको पहिरोले ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८१ नम्बरको स्कार्पिओ जीप बगाएर त्रिशुली नदी किनारमा खसाएको हो । यात्रुहरु सकुशल रहेको प्रारम्भिक विवरण प्राप्त भएको मुग्लिन प्रहरीले जनाएको छ ।
‘अहिलेसम्म मानवीय क्षति नभएको जानकारी आएको छ । हामी गाडीवालाहरुसँग पनि बिस्तृतमा बुझ्दै छौं,’ मुग्लिन प्रहरीको सन्चार शाखाका एक कर्मचारीले अनलाइनखबरसँग भने ।
पहिरो झरेको ठाउँ मुग्लिनबाट नारायणगढतर्फ करिब ४ किलोमिटर टाढा पर्दछ । साँझको बेला पहिरो झरेकाले उद्धारमा समस्या भएको छ ।मुग्लिन नारायणगढ सडकखण्ड बिस्तारको काम जारी रहेकाले पटक पटक पहिरो झर्दा सडक अवरुद्ध हुने गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सो सडकखण्डको स्थलगत निरीक्षण गरेका छन् । सडक बिस्तारमा तिव्रता दिन निर्देशन दिँदै उनले काममा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द