फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं, असाेज ६ः लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले निषेधाज्ञा खुलेपछि सोमबार एकै दिन राजस्व छलीमा संलग्न विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । विभागले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाएको छ ।

विभागले चितवनको सन्तोषी निर्माण सेवा, लतितपुर महानगरपालिका–१३ स्थित स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नविरुद्ध सो परिमाणको राजस्व छलीको मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सन्तोषी निर्माण सेवाका सञ्चालकसहित ३ जनाबाट कुल ६ करोड २२ लाख ७४ हजार २८८ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा नै खरिद नगरी झुटा र नक्कली भ्याटबिल बिक्री गरेको पाइएको छ । यसैगरी, स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका सञ्चालक उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजारको बिगो दाबी मुद्दा दर्ता गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत