फेरि यसरी बढ्दैछ काठमाडौंमा दिल्ली र बेइजिङको चासो

साउन ८, काठमाडौं– दुई छिमेकीको चासोमा रहेको नेपालको राजनीतिमा फेरि नयाँ दृश्य सतहमा आउन थालेका छन् । जे–जस्ता घटनाक्रम र अभिव्यक्ति विकसित भएका छन्, लाग्छ ढिलो–चाँडो त्यसको नतिजा आउनेछ ।nepal-india-china_Dg706O41eSकाङ्ग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणको तयारी भैरहेको छ । यसका लागि केही समय अगाडि परराष्ट्र मन्त्री कृष्णबहादुर महराले दिल्लीको भ्रमण पनि गरिसकेका छन् । दिल्लीमा देउवालाई ‘रेड कार्पेट’ विछ्याउने तयारी भैरहँदा बेइजिङको ‘मूभ’ पनि देखिन थालेको छ । 

सीधा–सीधा भन्ने हो भने प्रचण्डको बैङ्कक भ्रमणको ‘भाग–२’ हो ओलीको मानसरोवर भ्रमण हो । औपचारिक निम्ता दिएर संवाद गर्न नसक्ने ‘प्रोटोकल’ भएका नेताहरूलाई यात तेस्रो भूमिमा बोलाएर भेट गरिन्छ, या त अन्य कुनै ब्यानरमा निम्ता गरेर । प्रचण्ड र ओलीको हकमा पनि चिनियाँ पक्षबाट भएको यही हो ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनाव भैसकेको, असोज २ को तेस्रो चरणको चुनावका लागि सरकारको तयारी तीव्र भएको बेला दुई छिमेकीले नेपालको राजनीतिमा फेरि चासो राखेजस्तो देखिन्छ । दिल्लीसँगको दूरी निटक पार्न प्रधानमन्त्री देउवाका ‘दूत’ सक्रिय नै देखिन्छन् । काठमाडौँमा दिल्लीका ‘दूत’को आवत–जावत बाक्लो छ । 

राजनीतिमा पर्दाभित्र जे जस्ता घटनाक्रम हुन्छन्, पर्दा बाहिर बहुतै कम मात्र देखिन्छन् । पछिल्लो उदारणका रूपमा विपक्षी पार्टी एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई हेर्न सकिन्छ । एमाले र ओलीको सचिवालयले ओली मानसरोवर जान थालेको भनेर प्रचार गर्यो । विश्वभरका हिन्दू तथा बौद्ध धर्मालम्बीको तीर्थस्थल मानसरोवर भ्रमणका लागि ओली सपरिवार जान थालेको समाचार आयो । 


गत वर्ष देउवाले पनि यस्तै कार्यक्रमका लागि गोवा गएका थिए । दिल्लीमा उनले राजनीतिक महत्वपूर्ण भेट गरेर फर्केका थिए । 

हिजो ओलीसँगै पत्नी, स्वकीय सचिव र चिकित्सक पनि भ्रमणमा निस्के । लगत्तै समाचार आयो ओली चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका चिनियाँ राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा ओली चीन भ्रमण गएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका बरिष्ठ नेताहरूसँग ओलीले दुई पक्षीय हितका बारेमा छलफल गर्दैछन् । राजनीतिमा पर्दाभित्र र पर्दाबाहिर हुने खेल बुझ्न यो राम्रो उदारण हो । 

भरपर्दो राजनीतिक सूत्रहरूलाई मान्ने हो भने बैङ्कक भ्रमण प्रचण्डका लागि सीताको उपचार देखाउने प्रयोजन मात्रै थियो, जस्तो कि ओलीको मानसरोवर । बैङ्ककमा प्रचण्डले चिनियाँ राजनीति व्यक्तित्वसँग संवाद गरेका थिए । 

यस्तै अर्को उदारण छ, प्रचण्डको बैङ्कक भ्रमणको । असार २८ गते प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि बैङ्कक गएका थिए । यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष प्रचण्ड त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयको भनाइ थियो । उनी तीन दिनपछि काठमाडौंँ फर्के । लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको प्रचण्डको सचिवालयले जनाएको थियो । 

उपचारमा गएकी  सीतासहित बैङ्ककमा घुम्दै गरेको फोटो सार्वजनिक भयो । फोटो प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुकमा राखेका थिए, जसलाई लिएर ‘बैङ्ककमा यस्तो उपचार’ भन्दै आलोचना पनि भयो । 

भरपर्दो राजनीतिक सूत्रहरूलाई मान्ने हो भने बैङ्कक भ्रमण प्रचण्डका लागि सीताको उपचार देखाउने प्रयोजन मात्रै थियो, जस्तो कि ओलीको मानसरोवर । बैङ्ककमा प्रचण्डले चिनियाँ राजनीति व्यक्तित्वसँग संवाद गरेका थिए । 

सीधा–सीधा भन्ने हो भने प्रचण्डको बैङ्कक भ्रमणको ‘भाग–२’ हो ओलीको मानसरोवर भ्रमण हो । औपचारिक निम्ता दिएर संवाद गर्न नसक्ने ‘प्रोटोकल’ भएका नेताहरूलाई यात तेस्रो भूमिमा बोलाएर भेट गरिन्छ, या त अन्य कुनै ब्यानरमा निम्ता गरेर । प्रचण्ड र ओलीको हकमा पनि चिनियाँ पक्षबाट भएको यही हो । 

ओली र प्रचण्डसँग चीनले जे अपेक्षा गरेको थियो, त्यसको कार्यन्वयनमा अहिले चिनियाँ चासो देखिन्छ । ०७३ चैतमा ओली प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जाँदा नेपाल र चीनबीचमा भएका दुई पक्षीय हितका सम्झौता कार्यान्वयन नभएको अवस्था छ, जसलाई चीनले चासोको साथ हेरेको छ । प्रचण्ड नेतृत्वको सरकारका पाला भएका चिनियाँ पक्षसँगको सहमतिको कार्यान्वयनमा पनि चीनको उत्तिकै चासो देखिन्छ । यस्तो अवस्थामा के काङ्ग्रेस–माअ‍ोवादी गठबन्धनको सरकारबाट अहिले ती सम्झौता वा सहमति कार्यान्वयन सम्भव छन् ? नभए, अबको राजनीतिक विकल्प के ? चिनियाँ पक्षले यो विषयमा संवाद गर्न खोजेको हुन सक्छ । 

चीनसँग भएका सहमतिको कार्यन्वयन र वर्तमान काङ्ग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार ओलीको भ्रमणको बेला हुने मुख्य विषय हुन् । बैङ्ककमा चिनियाँ पक्षले प्रचण्डसँग केही आश्वस्त खोजेको हुन सक्छ र त्यस्तै प्रतिबद्धता ओलीबाट पनि चाहेको हुन सक्छ । 

गत वर्ष एमाले–माअ‍ोवादी गठबन्धनको सरकारलाई चिनियाँ सद्भाव रहेको रूपमा हेरिएको थियो । खास गरेर भारतले यसमा ठूलो चिन्ता जनाएको थियो र प्रचार पनि गरेको थियो । 

संसदीय दलका उपनेता सुवास नेम्वाङ, पार्टी महासचिव पोखरेलसहितका नेताहरू र चिनियाँ दूतावासका कर्मचारीहरूले अध्यक्ष ओलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । धार्मिक यात्रामा निस्कने नेतालाई विमानस्थलको कर्मचारी बिदाइमा नजान सक्थे । 

प्रचण्डको बैङ्कक भ्रमणपछिको अभिव्यक्ति र ओलीले आफ्नो निवासमा राखेको मतलाई यी भ्रमणसँग जोडेर हेर्ने हो भने प्रश्न गर्ने ठाउँहरू धेरै छन् । बैङ्कक र मानसरोवर भ्रमणसँग साउन २ गतेको प्रचण्डको र साउन ३ गतको ओलीको अभिव्यक्तिलाई जोड्ने हो भने ‘दालमा केही कालो’ छ जस्तो देखिन्छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको डेढ महिनामै उनको भविष्यसँग गम्भीर प्रश्न उठाउने खालका थिए प्रचण्ड र ओलीका अभिव्यक्ति । त्यसमाथि बेइजिङको सक्रियताले आशङ्का त जन्माइहाल्ने भयो । 

साउन २ गते पार्टीको केन्द्रीय सचिवालयको विस्तारिक वैठक थियो । वैठकमा प्रचण्डले मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्रीको निर्णय क्षमतामाथि प्रश्न उठाए । पार्टीको केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा सत्तागठबन्धन दल माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको ‘भविष्य’का लागि चिन्ता हुने विचार व्यक्त गर्नु सामन्य विषय थिएन । पहिलो र दोस्रो चरणको चुनावी परिणामको समीक्षा र भावी योजना निर्माणका लागि बोलाइएको वैठकमा प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइलाई लिएर प्रचण्डले सकारको भविष्यको विषय कोट्ट्याएका थिए । यो भनाइ प्रचण्डको बैङ्कक यात्रालगत्तै आएको थियो । 

‘मैले शेरबहादुरजीलाई चाडो मन्त्रिपरिषद् विस्तारका लागि धेरै पटक भने । कहिले के भनेर कहिले के भनेर पछाडि धकेलिरहनु भएको छ ।’ पार्टी बैठकमा प्रचण्डको भनाइ थियो, ‘अब पनि तुरुन्तै मन्त्रिपरिषद् गठन भएन भने सरकारमा किन बसिरहन पर्यो । हामी त काङ्ग्रेसजस्तो अलमलमा पर्दैनौँ । चाँडै निर्णय लिन्छौँ ।’ प्रचण्डले सम्भावित भविष्यको समीकरणतर्फ सङ्केत गरे, पार्टी नेताहरूबीच । कतिले बुझे, कतिले बुझेनन्, त्यो अर्को कुरा हो । 
 प्रचण्डको यस्तो भनाइ आएको अर्कोदिन ओलीले पनि मुख खोले, जुन प्रचण्डको भनाइसँग तालमेल खाने खालको थियो । प्रचण्डको अभिव्यक्ति आफैमा अर्थपूर्ण थियो र प्रचण्डपछि ओलीको यस्तो अभिव्यक्ति दिए, काङ्ग्रेस र देउवाका लागि यो थप चिन्ताको विषय हुन सक्थ्यो । 
 ओलीको भनाइ थियो– ‘एक दुई दिनमा माओवादीका साथीलाई भन्नेवाला छु । आजको यर्थाथ र भोलिको सम्भावनाबारे भन्नेवाला छु । काङ्ग्रेससँग सती गएर चुनाव जितिँदैन । चुनाव जित्न एमालेसँग सहकार्य गर्नुपर्छ ।’ साउन ३ गते वैदेशिक रोजगार रोजगार व्यवसायी सङ्घका नवनिर्वाचित पदाधिकारी बधाई थाप्न ओली निवास गएका थिए । त्यहीँ हो, ओलीले देउवाका लागि चिन्ता हुने विचार राखेका ।

ओलीको भनाइ थियो, ‘एक दुई दिनमा माओवादीका साथीलाई भन्नेवाला छु । आजको यर्थात र भोलिको सम्भावनाबारे भन्नेवाला छु । काङ्ग्रेससँग सती गएर चुनाव जितिदैन । चुनाव जित्न एमालेसँग सहकार्य गर्नुपर्छ ।’ 

ओलीले काङ्ग्रेससँग मिलेर माओवादीलाई केही फाइदा नहुने भन्दै नयाँ शक्तिबाट अगाडि बढ्न आह्वान गरे, अर्थात देउवा–प्रचण्ड गठबन्धनको निरन्तरतामा ‘ब्रेक’को चाहना राखे । काङ्ग्रेससँगको गठबन्धनले माओवादीलाई फाइदा नहुने ओलीको भनाइ थियो ।

ओलीको अभिव्यक्ति र प्रचण्डको भनाइ संयोग वा रणनीतिक हो, यो चाहिँ अहिले नै यकिन गर्न सक्ने अवस्था भने छैन । तर, यसमा बेइजिङ ‘फ्याक्टर’ को भूमिका छ कि भन्ने चाहिँ आशङ्का हुन सक्छ । मानसरोवरको यात्रापछि ओलीको बोलिको दिशा कता मोडिन्छ, त्यो पनि अर्थपूर्ण नै हुनेछ । 

काङ्ग्रेस र माओवादीबीचको गठबन्धनलाई लामो समयसम्म लैजाने दोस्रो तहका नेताहरूको भनाइ आएका बेला प्रचण्डले सरकारको भविष्यलाई लिएर आफ्नो अभिव्यक्ति दिएका छन् । 

केपी ओली नेतृत्वको सरकारसँगको सहकार्य तोडेर प्रचण्डले काङ्ग्रेससँग गठबन्धन बनाएका थिए । ओलीले सहमति अनुसार प्रधानमन्त्रीबाट राजीनामा नगरेको र आफूलाई प्रधानमन्त्री बन्नबाट रोकेको प्रचण्डको भनाइ थियो । त्यसपछि प्रचण्डले एमालेसँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन निर्माणको गृहकार्य गरेका थिए, जसलाई एमालले दिल्लीको ‘रोडम्याप’का रूपमा अथ्र्याएको थियो ।

काङ्ग्रेससँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार प्रचण्ड ०७३ साउन १९ मा प्रधानमन्त्री भएका थिए । त्यसपछि स्थानीय तहको पहिलो चरणको चुनावपछि प्रचण्डले जेठ ९ मा राजीनामा गरेर देउवाको लागि बाटो खुला गरेका थिए । पछि, माओवादीकै समर्थनमा जेठ २३ मा देउवा प्रधानमन्त्री भएका थिए ।

प्रचण्डले ओलीसँग दोस्ती भङ्ग गरेर देउवासँग निकटता बढाएपछि माओवादी र एमालेबीचको समीकरण एक वर्ष अगाडि तोडिएको थियो । समीकरण तोडिएपछि माओवादी र एमालेवीच आरोप–प्रत्यारोप भएको थियो । ओली–प्रचण्ड गठबन्धन बन्दा होस वा प्रचण्ड–देउवा गठबन्धन बन्दा नै किन नहोस्, केही न केही रसायनले काम गर्छ भनेर प्रचार हुने गर्छ । 

पछिल्ला ‘मुभ’ले हाम्रो राजनीतिक दिशा र दशा कस्तो बनाउँछ, केही समय पर्खनुपर्ला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने