फेरि बाबु बन्दै जुकरबर्ग

यो दम्पतीको अहिले १५ महिनाकी छोरी म्याक्स छिन् । जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेअनुसार म्याक्सलाई जन्माउँदा गर्भधारणमा समस्या आएकाले दोस्रो सन्तान जन्माउन सक्नेमा यी दम्पती सशंकित थिए । उनले लेखेका छन्– ‘जब हामीले प्रिसिल्ला फेरि गर्भवती भएको थाहा पायौँ, हाम्रो पहिलो चाहना बच्चा स्वस्थ जन्मिओस् भन्ने थियो अर्को चाहना जन्मिने बच्चा छोरी होस् भन्ने थियो ।’

यो दम्पतीले २०१५ को डिसेम्बरमा आफूहरू पहिलो पटक आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । गर्भधारणका लागि प्रिसल्लाले निकै कठिनाइको सामना गर्नुपरेको थियो । पहिलो छोरी जन्मनुअघि उनको तीन पटक गर्भ तुहिएको थियो ।
जुकरबर्गले आफू र प्रिसल्ला दिदीबहिनीबीच हुर्किएको बताएका छन् ।

दिदीबहिनीसँग खिचेका बाल्यकालका थुप्रै फोटो पनि उनले सेयर गरेका छन् । ‘म तीन दिदीबहिनीसँग हुर्केको हुँ । उनीहरू मेरा दिदीबहिनी मात्र थिएनन् । मेरा साथीजस्ता थिए । उनीहरूले मलाई कसरी प्रतिस्पर्धा गर्ने र कसरी जीवन जिउने भन्ने सिकाएका थिए ।

प्रिसिल्ला पनि दुई दिदीबहिनीसँग हुर्केकी हुन् र उनीहरूले प्रिसल्लालाई अरूको सेवा र परिश्रमबारे सिकाएका छन् । उनीहरूसँग खास किसिमका जोक्स पनि छन् जो ती दिदीबहिनीले मात्रै बुझ्न सक्छन्,’ जुकरबर्गले लेखेका छन् ।

आफ्ना छोरीहरूलाई बलिया र आत्मविश्वासी बनाउने प्रण जुकरबर्गले गरेका छन् । यो जोडीको बिहे २०१२ मा भएको थियो । हार्वड विश्वविद्यालयमा पढ्दा भेट भएका उनीहरूले १० वर्षसम्म डेटिङ गरेका थिए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने