फुटबल मैदानमा लडेका २० वर्षीय आयाक्स मिडफिल्डर मृत्युको मुखमा

३० असार , काठमाण्डाै । डच क्लब आयाक्सका युवा मिडफिल्डर अब्देलहाक नुरीको फुटबल खेल्ने क्रममा लागेको चोटका कारण मस्तिष्कघात भएपछि उनी मृत्युको नजिक पुगेका छन्।

२० वर्षीय नुरीको शनिवार वेर्डर ब्रेमेनविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा ह्दयको गति रोकिएको थियो। जसका कारण उनी मैदानमै ढल्न पुगेका थिए। विगत एक सातादेखि अस्पताल भर्ना भएका नुरीको स्वास्थ्यको विषयमा क्लबले शुक्रबार विज्ञप्ती जारी गर्दै फर्किन सक्ने सम्भावना निकै कम रहेको बताएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘उपचारका क्रममा उनको मस्तिष्कका थुप्रै अंकहरुले काम गर्न छोडेको पाइएको छ। मस्तिष्कमा अक्सिजन पर्याप्त नपुग्दा यस्तो समस्या आएको हो।’

सोमबार क्लबले विज्ञप्ती सार्वजनिक गर्ने क्रममा उनको मुटुले राम्रोसँग काम गरिरहेको र टाउकोको स्क्यानमा त्यति ठूलो समस्या नभएको बताएको थियो। तर, नयाँ टेस्टमा उनको मस्तिष्कका थुप्रै नसाहरुले काम गर्न छोडेको देखिएको छ।

अाम्स्ट्रेडममा जन्मिएका नुरीलाई हेलिकोप्टरको सहयोगले अस्ट्रियाको अस्पतालमा लगिएको थियो, जहाँ मैत्रीपूर्ण खेल पनि भएको थियो। क्लबले थप उपचारका लागि उनलाई अाम्स्ट्रेडम ल्याउने तयारी भइरहेको बताएको छ।

म्यानचेस्टर युनाइटेड र फुल्हामका पूर्व गोलरक्षक इडविन भान डेर सार हाल आयाक्स क्लबका कार्यकारी निर्देशक छन्। उनले भनेका छन्, ‘हाम्रा लागि यो सोच्नै नसक्ने खबर आएको छ। यो दुखद खबरमा हामी उनको परिवार र इस्टमित्रसँग छौं।’नुरीले गत सिजन क्लबबाट १५ लिग र कप खेल खेलेका थिए। उनले डच कपमा एक गोल पनि गर्न भ्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने