March 16, 2017

फिल्म बनाउन ‘माइजू’को अपहरण : सिआइडीले दियो ‘मास्टर प्लान’

चैत ३,काठमाडौं – बलिउड अभिनेता सलमान खानको बिग बोस कार्यक्रममा काम गरेका धादिङका विदुर पौडेल फिल्म बनाउने सपना लिएर गत बर्ष नेपाल फर्किए । फिल्म बनाएर उनी रातारात हिट हुन चाहन्थे । तर उनीसँग फिल्म बनाउने पैसा थिएन ।

फिल्म बनाउन करिब एक करोड लाग्ने हिसाब निस्कियो । तर आफन्तले पैसा दिएनन् । पैसा नभएपछि फिल्म बनाउने आफ्नो महत्वकांक्षा पूरा गर्न उनले एउटा मास्टर प्लान बनाए ।

गाउँकै एक साथीका मामा माइजू धनी रहेको सुनेका थिए । साथीकी माइजू प्रतिमा गिरी (अधिकारी) बालुवाटारस्थ्ति मुकुल सहकारीको संस्थाको अध्यक्ष थिइन् । उनैबाट पैसा असुल्ने योजना बनाए । अपहरणको धम्की दिएर एक करोड रुपैया असुल्ने ‘मास्टर प्लान’ पौडेलको थियो ।

भारतीय टेलिभिजन कार्यक्रम ‘सिआइडी’बाट सिकेर उनले आपराधिक योजना बनाई रकम असुल्ने योजना बनाए ।
-सुरुमा साथीसँग दोस्ती बढाए ।
-उनीहरुको डेरामा पनि नियमित जान थले ।
-खाईपिई गरेर बस्न थाले ।
-पछि तिनै साथीहरुबाट माइजूको सम्पत्ती तथा परिवारबारे सूचना लिए ।
-सिआईडीमा जस्तै उनले पनि साथीको मोबाइलको सिम चोर्ने योजना बनाए ।
-साथीले सुत्ने बेला सिरानीमा पर्स राख्थे । दुईवटा सिम भएकोले एउटा सिम कार्ड उनी पर्समा राख्थे । एकदिन साथीले थाहा नपाउने गरी सिम चोरी गरे ।

उक्त सिमबाट माइजूलाई धम्क्याउन थाले । तर अन्तत प्रहरीले उनलाई पक्राउ गर्न सफल भयो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं

अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन

२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल

ओस्कारमा उत्कृष्ट फिल्मका लागि १९१७ र प्यारासाइटको भिडन्त

काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक