March 13, 2020

फर्किए प्रधानमन्त्री बालुवाटार

 

फागुन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री भर्खरै त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  

प्रधानमन्त्री ओलीलाई अस्पतालबाट चिकित्सकहरुले समाएर गाडीसम्म ल्याउँदा उनले गाडी चढ्नुअघि शिक्षण अस्पतालमा भेला भएका शुभेच्छुकहरुलाई हाँसेर हात हल्लाएका थिए ।  

गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमै दोस्रो मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री त्यसको १० दिनमा बालुवाटार फर्किएका हुन् ।  बालुवाटार फर्किए पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् । एक महिनासम्म नियमित रुपमा युरिन लगायतको टेस्ट गरिरहनुपर्ने चिकित्सकहरुले बताएका छन् ।  

उनलाई नियमित भेटघाट र बाहिर हिँडडुल गर्न समय लाग्ने छ । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा प्रधानमन्त्रीलाई संक्रमणको जोखिम हुने भएकोले भेटघाट गर्न नदिने बताए ।  

चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैले यो अवधिसम्म भीडभाड तथा सार्वजनिक कार्यक्रमहरुमा नजान प्रधानमन्त्री ओलीलाई सुझाइएको छ ।

प्रधानमन्त्रीलाई बालुवाटारमा शान्त र सफा वातावरणमा राखिनेछ । त्यस अनुसारकै व्यवस्था बालुवाटारमा मिलाइएको छ ।

प्रधानमन्त्री ओली दोस्रो मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । अस्पतालमा रहँदा उपचारमा संलग्न चिकित्सकहरु बाहेक आठौं दिन मिर्गौला दाता समीक्षा संग्रौला र नवौं दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई भेट्न दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा