फर्किए परराष्ट्र मन्त्री, ‘रुसी राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो’

काठमाडौं । रुस र सर्बियाको भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराहृन त्यसतर्फ गएका परराष्ट्र मन्त्री ज्ञवालीले ११ गते रुस र १२-१३ गते सर्बियाको भ्रमण गर्ने कार्यतालिका थियो । तर, मन्त्री ज्ञवाली भ्रमण छोट्याएर शुक्रबार स्वदेश फर्किएका हुन् ।

उनले देशभित्र विकसित परिस्थितिलाई ध्यानमा राखेर भ्रमण छोट्याएको बताएका छन् । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।”

उनले राजनीतिक सम्बन्ध सुधार, व्यापार प्रबर्द्धन, उर्जामा सहकार्य, भौतिक पूर्वाधार, लगानी भित्र्याउने र राजनीतिक सुधारका विषयमा विचार आदानप्रदान गरेको बताए । 

रुसी विदेशमन्त्री लाभ्रोभले यूएन मिसनको शान्ति मिसनमा नेपालको भूमिकाको प्रशंसा गरेको पनि परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले कस्तो परिस्थितिबारे भन्‍ने विषय भने खुलाएनन् । रुस भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा पत्र रुसका राष्ट्रपति भलाद्मीर पुटिन र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणा पत्र त्यहाँका प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई दिएको जानकारी दिए । 

उनले भने, “नेपाल भ्रमणका लागि अनुकुल वातावरण गर्ने विषयमा पनि रुसी पक्षलाई मैले आश्वस्त पारेको छु ।”

उनले आगामी चैतमा हुने सगरमाथा संवादका लागि रुसका विदेशमन्त्री सर्जेई लाभ्रोभलाई नेपाल भ्रमणको निम्तो पठाएकोसमेत जानकारी गराए । 

उनले नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट भने कुनै औपचारिक जवाफ नदिएको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने