प्लाइ उद्योगमा आगलागी

१० असार, बिराटनगर । मोरङको बुढीगंगास्थित एक ‍‍प्लाई उद्योगमा आगलागी भएको छ ।

बुढीगंगा ५ नेमुवास्थित ग्रिन ‍‍प्लाइ उद्योगमा भिषण आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान साढे ४ बजेदेखि लागेको आगो बिहान १२ बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

 

प्रहरी उपरीक्षक सन्दीप भण्डारीका अनुसार आगो नियन्त्रणमा लागि सुरक्षाकर्मी र स्थानीयवासीसहित पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकलले प्रयास गरिररहेका छन् ।

आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उद्योगमा चिरान काठ राखेको ठाउँबाट एक्कासी आगलागी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने