प्रियंका : ‘आयुष्मान देख्ने बित्तिकै मन परेको होइन’ (भिडीयो)

सात वर्षको उमेरमा बालकलाकार बनेकी प्रियंका कार्की अहिले चल्तीको नायिका हुन् । हास्य टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कुरा हुँदै म्युजिक भिडियोमा देखिएकी प्रियंका मिस टिन २००५ कि विजेता हुन् । छोटो अवधिमा नै दुई दर्जन बढी चलचित्रमा अभिनय गरीसकेकी उनलाई गीतसंगीतमा पनि उत्तिकै रुची छ । प्रियंकाको स्वर रहेका पाँच वटा गीत सार्वजनिक भईसकेका छन् । अत्यधिक रोजाईमा पर्न सफल नायिका प्रियंका हक्की स्वभावकी छिन् । चित्त नबुझेका कुराहरु फ्याट्टै भनिहाल्छिन् जस कारण उनी घरी घरी बिवादमा पनि आईरहन्छिन् ।

Aayushman-Priyanka

सकारात्मक उर्जा दिँदै आयुष्मान

चपली हाइट २ का नायक आयुष्मान देशराज जोशी र प्रियंकाले एउटै विद्यालय पढेका हुन् । तर, उनीहरुको विद्यालयमा खासै चिनजान भएन । एउटै क्षेत्रमा क्रियाशील रहँदै गर्दा भेटिएका उनीहरु प्रेममा परे । आयुष्मानसँगको प्रेममा रहेकी प्रियंका भन्छिन्,‘उ मेरो जीवनमा आएपछि मेरो दैनिकी नै फेरीएको छ । म पहिला काम मात्र गरिरहने मेसिन जस्तो थिएँ, अहिले मान्छे भएको छु ।’ आयुष्मान आएपछि जीवनमा एकदमै धेरै सकारात्मक परिवर्तनहरु आएको उनलाई महसुस भइरहेको छ । काममा रमाउने बानी परेको उनलाई अहिले रमाईलो गर्नका लागि आयुष्मान भए पुग्छ ।

 

चलचित्र ‘कथा काठमाण्डौँ’ सुटिङको क्रममा नजिकिएका उनीहरुको प्रेम–सम्बन्ध केहि समय अघि एक अवार्ड कार्यक्रममा किस गरेपछि झनै चर्चित बन्न पुग्यो । त्यसपछि उनीहरुले मिडियामा खुलेर नै आफुहरु प्रेममा रहेको कुरा बताउन थालेका छन् । एक अर्कालाई ‘बेवी’ र ‘माया’ भनेर मायालु सम्बोधन गर्छन् । आयुष्मानसँगको बिवाह गर्ने प्रसंगमा प्रियंका भन्छिन्, ‘हामीहरुबिच पनि बिहेको बारेमा कुराहरु हुन्छ । अहिलेसम्म घरमा पनि बिहेको कुराले प्रेसर छ भन्नुपरेको छैन । न त मलाई प्रेसर छ न त आयुष्मानलाई । त्यसैले अहिले कुनै हतार छैन । सम्भवत ३ बर्षभित्रमा हामी बिवाह गर्छौँ ।’

प्रियंकालाई आयुष्मान देख्नेबित्तिकै मन परेको केटा होइन । आयुष्मानलाई भने विद्यालय पढ्दा देखिनै प्रियंकाको ख्याल छ । चलचित्र क्षेत्रमा लागेपछि रोजाईको पहिलो नायिकामा प्रियंका नै थिइन् । यता, प्रियंकालाई एउटा सामान्य मानिसको रुपमा भने आयुष्मान चिनेदेखि नै मन परेको थियो । उनी भन्छिन्, ‘आयुष्मान मलाई देख्नेबित्तिकै मन परेको केटा होईन तर सामान्य केटाको रुपमा भने मलाई उ सधैँ मनपर्थ्यो । आयुष्मान एकदमै मिठो बोल्ने र नम्र स्वभावको, अरुको सम्मान गर्ने खालको मान्छे हो । यो कुरा त मलाई उ मेरो जीवनमा आउनुभन्दा पहिले नै थाहा थियो तर जब उसलाई चिन्दै गएँ तव माया पनि बढ्दै गयो ।’

 

आयुष्मानको तारिफ गरेर नथाक्ने प्रियंका थप्छीन्, ‘उ एकदमै शान्त स्वभावको छ । उसले कुनै पनि कुराको प्रेसर लिएको मलाई आजसम्म पनि थाहा छैन । जंगिएको, आत्तिएको अनि रिसाएको पनि थाहा छैन । उसँग हरेक कुराको समाधान हुन्छ, उसले भनेका कुराहरु सुन्यो भने कतै मैले पो एकदमै धेरै रियाक्ट गरिरहेको छु कि भन्ने आभास हुन्छ । उ एकदमै बुद्धिमानी पनि छ ।’ आयुष्मानको प्रेममा चुर्लुम्म डुबेकी प्रियंकाले आजसम्म आयुष्मानको नराम्रो कुरा नै भेट्टाउन सकेकी छैनन् ।

भबिष्यको योजना

प्रियंका नायिका मात्र नभएर फिल्म मेकिङको विद्यार्थी पनि हुन् । अमेरिका बसाईका क्रममा उनले सो विषय अध्ययन गरेकी थिइन् । त्यसैले उनी भविष्य पनि यहि फिल्डमा देख्छिन् । भविष्यको योजना सुनाउँदै भन्छिन्, ‘म फिल्म मेकिङको विद्यार्थी हुँ । अबको ५ देखि १० बर्ष भित्र मेरो प्रोडक्सन हाउस हुनेछ । मैले बनाएका राम्रा राम्रा चलचित्र दर्शहरुले हेर्न पाउनुहुनेछ ।’

पछिल्लो समय उनी चलचित्र ‘छक्का पन्जा २’ को प्रोमोशनमा कार्यक्रममा ब्यस्त छिन् । उनको आगामी चलचित्रहरुमा ‘छक्का पन्जा २’सँगै ‘फाटेको जुत्ता’ पनि रहेको छ । ‘छक्का पन्जा २’ असोज ११ गते प्रदर्शनमा आउँदै छ भने ‘फाटेको जुत्ता’ कार्तिक १७ गते प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको