February 26, 2020

प्रहरी समायोजन वैशाखभित्रै

नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशस्तरमा समायोजन गर्ने गरी ऐन ल्याएपछि गृहमन्त्रालयले आगामी वैशाखभित्रै समायोजन सक्ने गरी तयारी अघि बढाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

ऐन लागू भएको एक महिनाभित्रै प्रदेश तथा केन्द्रको दरबन्दी तय गर्नुपर्ने प्रावधान अनुसार गृहमन्त्रालयले दरबन्दी यकिन गर्न तयारी अघि बढाएको हो । प्रहरीको समायोजनसम्बन्धी नयाँ ऐन ६ फागुनबाट लागू भइसकेको छ । ऐनमा उल्लेख भएअनुसार ७ चैतभित्रै समायोजनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।

समायोजनका लागि गृहसचिव महेश्व न्यौपानेको अध्यक्षतामा संगठन संरचना तथा दरबन्दी कायम गर्न बनेको समितिले मङ्गलबारबाट काम सुरु गरिसकेको छ । मङ्गलबार बसेको समितिको पहिलो बैठकले समायोजन र दरबन्दीबारे छलफल अघि बढाएको हो ।

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र प्रदेश सरकारसँग आवश्यक पर्ने दरबन्दीसमेत मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण