प्रहरीले नै म्यानपावर व्यवसायीको अपहरण गरेर फिरौती लिएको खुलासा

bajekoकाठमाडौँ । प्रहरीले नै म्यानपावर व्यवसायीलाई अपहरण गरी फिरौती लिएको खुलेको छ। व्यवसायीलाई अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरी नायव निरीक्षक ९सई०सहित चार जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सईद्वय सम्बत तामाङ र सूर्यबहादुर थापा तथा राजकुमार गुरुङ र अर्जुनकुमार लामालाई अपहरण गरी रकम लिएको अभियोगमा पक्राउ गरेको हो।

सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत १ माघमा अपहरण गरेर फिरौती असुल गरेको खुलेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिनेश अमात्यले बताए। ‘दुई महिनाअघिको घटनाको अनुसन्धान गर्दा हाम्रै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको हो, थप अनुसन्धान भइरहेको छ,’ एसएसपी अमात्यले भने।

दुवै जना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको खुलेको छ। फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए। राजकुमार गुरुङसहितका व्यक्तिले धुम्बाराहीमा म्यानपावरसम्बन्धी व्यवसाय गर्दै आएका धनकुटा छिन्ताङ(५ का बद्री राईलाई गत १ माघमा कोटेश्वरमा बोलाई अपहरण गरेका थिए। जबर्जस्ती अपहरण गरी सिनामंगलस्थित बाजेको सेकुवा कर्नर रहेको घरको कोठामा लगी बन्धक बनाएर डर त्रासमा पारी राईको साथमा रहेको नगद लुटेका थिए। उनीहरुले राईको साथबाट दुई लाख ३० हजार लुट्नुका साथै नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकको दुईरदुई वटा गरी चार वटा चेकमा २५ लाखका दरले एक करोडको चेकमा हस्ताक्षर गराएका थिए।

प्रहरी नायब निरीक्षक तामाङ, गुरुङ र धीरज गुरुङ समेतको नाममा ती चेक काट्नुका साथै उनीहरुले ल्याएको तमसुक कागजमा पीडितबाट सहीछाप गराई अपहरणमुक्त गरेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अवैध रुपमा ल्याइएको सुन लुटिएको र त्यसमा मेनपावर सञ्चालक राई निकट फुर्पा शेर्पाको हात रहेको सूचनाका आधारमा सईद्वयले भागबन्डा मिलाउन राईलाई अपहरण गरेको हुनसक्ने देखिएको छ। प्रहरी नायव उपरीक्षक ९डीएसपी० अजय केसीका अनुसार अपहरणकारीहरुले सुन लुटेरा शेर्पालाई भेटेपछि ५र५ किलो सुन पाउने भन्दै राईलाई अपहरण गरेका थिए। व्यवसायी राईलाई उनीहरुले सो बराबरको कागज समेत गराएर छाडेका थिए।

आफूहरु केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत प्रहरी भएकाले सुन ल्याउन फूर्वा शेर्पालाई लुकाएको, त्यो नल्याउन्जेल नछाड्ने बताएपछि राईले बाध्य भएर आफूसँग भएको नगद र नविल र राष्ट्रिय वाणिज्य बैकको चेक दिएर उम्केका थिए।

धुम्बाराहीमा टाइगर ओभरसिज म्यानपावर सञ्चालन गर्दै आएका राइलाई सम्बत तामाङ र अर्का एक व्यक्तिले फोन गरेर कोटेश्वरमा बोलाएका थिए। त्यसपछि उनीहरुले मोटरसाइकलमा चढाएर राईलाई एयरपोर्टस्थित बाजेको सेकुवा कर्नरमा लगेर ६ घण्टा बन्धक बनाएका थिए।

डिएसपी केसीका अनुसार सो घटना हुँदा तामाङ अपराध महाशाखाबाट गौशालामा खटिएका थिए भने थापा गौशाला वृत्तकै सादा पोशाकमा कार्यरत थिए। उनीहरुलाई शेर्पाले सुन ल्याएको र सोे सुन लुट्नुपर्छ भनेर खबर गर्ने त्रिभुवन विमानस्थलका ट्याक्सी चालक राजकुमार गुरुङ र काभ्रेका अर्जुनकुमार लामा हुन्। गुरुङले सो सुन ल्याउन शेर्पा बद्री राईको आफन्त भएकाले उनले नै लुकाएका कारण राईलाई अपहरण गरी फिरौती रकम असुल्ने योजना बनाएका थिए। ‘दुवै प्रहरी सादा पोशाकमा रहेका र उनीहरुले हत्कडी र हतियारको दुरुपयोग गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न डीएसपी अजय केसीले भने, ‘अपहरण गर्ने चारै जनाले ५्५ किलो सुन बाँड्ने उद्धेश्यसहित अपहरण गरेका हुन् ।’

उनका अनुसार राजकुमार गुरुङ फस्ने जस्तो देखिएपछि भारत जान लागेको अवस्थामा पक्राउ गरिएको थियो भने सूर्यबहादुर थापालाई हेटौंडाबाट विहिबार मात्रै काठमाडौं ल्याइएको हो। आजको राजधानी दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने