प्रहरीको गाडी र ट्रक ठोक्किंदा नौ प्रहरी घाइते

२४ असोज, लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्किंदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र विपरीत दिशाबाट आइरहेको बा १ ग २२१२ नंको ट्रक ठोक्किंदा ट्रकमा रहेका नौ प्रहरी र तीन थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीमध्ये पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी हवलदार महेन्द्र खत्वे र शम्भु कार्की, प्रहरी जवान सन्तोष न्यौपाने, प्रमोदकुमार चौधरी, भगवानलाल माझी, अनुपनारायण झा घाइते भएका छन् । यसैगरी दुर्घटनामा परी थुनुवा प्रेमकुमार यादव, राकेशकुमार यादव र विकास भट्टराईसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न