February 24, 2020

प्रयोगकर्ताको रोजाइमा कम मूल्यका गाडी

सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अवस्थाले यस्तो देखाएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनालले लेखेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू वर्षको साउनदेखि माघ महीनासम्ममा संख्यात्मक रूपमा गाडी र मोटरसाइकलको आयात बढे पनि त्यसको आयातबापत बाहिरिने रकम भने घटेको छ । 

सरकारले पछिल्लो समय विलासी वस्तुको आयात नियन्त्रणको नीति लिएको छ । नेपाल राष्ट्र बैंकले गतवर्ष गाडीमा मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो । त्यस्तै, केन्द्रीय बैंकले नै गत पुसमा कर तिरेको आयको ५० प्रतिशतभन्दा बढी किस्ता हुने रकम नदिन अर्को निर्देशन जारी ग¥यो ।

यो निर्देशनले महँगा गाडीको मागमा कमी आउन थालेकोे अटोमोबाइल व्यवसायीहरू बताउँछन् । मागमा कमी आउँदा त्यसको प्रभाव आयातमा देखिएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण