प्रधानमन्त्री : सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु

sher-bahadur-deuwaकञ्चनपुर, १० असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् ।

कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद्ध बनाइने बताए ।

भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए। “सीमा क्षेत्रमा कुनै पनि नेपालीमाथि ज्यादति हुन दिइने छैन उनले भने ”।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले महाकालीमा पक्की पुल निर्माण र पञ्चेश्वर परियोजना सञ्चालनका लागि कार्य अगाडि बढाइने उल्लेख गरे ।

बेलौरी कलुवापुर दू्रतमार्ग निर्माणको कार्य अगाडि बढाउनका लागि पहल भइसकेको उल्लेख गर्दै उहाँले आदिवासी राना थारु समुदायको संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने छ भने ।

प्रधानमन्त्री देउवाले आज कञ्चनपुरको बेलडाँडी, बेलौरी र पुर्नबासमा आयोजित चुनावी सभामा सहभागिता जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी