June 16, 2022

प्रधानमन्त्री देउवा एसपीपी सम्झौताबाट पछि हटे

काठमाडौँ, २ असार । अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।

एसपीपीको विषयमा राजनीतिक वृतमा तरंग देखिएपछि प्रधानमन्त्री देउवाले मुलुकको हितविपरीत कुनै सम्झौता नगर्ने बताएका छन् ।सात वर्षअघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो ।  यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो ।

यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यक्रमबारे नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । प्रधानसेनापति क्षत्रीका उत्तराधिकारीका रूपमा सन् २०१८ सेप्टेम्बरमा पदवहाली गरेका पूर्णचन्द्र थापासँग पुनः अमेरिकी सैनिक अधिकारीले एसपीपी सम्झौता ‘पेन्डिङ’ रहेको भन्दै हस्ताक्षरका लागि जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल