प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौमा

१२ साउन,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण गर्ने भएका  छन् । भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको स्रोतले जनाएको छ ।

sher-bahadur-deuba-5978c5622b15e9.59681815भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफल पछि यो मिति तय भएको हो । श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ गतेको मिति बारे प्रस्ताव गरेको थियो । प्रधानमन्त्रीको रुपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ । पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने संभावना रहेको यो भ्रमणमा माइलस्टोन हुने खालको संझौता भने हुँदैन्, श्रोतले भन्यो।

आसन्न भ्रमण दुइ मुलुकबीच विगतमा भएका सहमति र संझौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलाइ सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ । भ्रमणमा प्रधानमन्त्री देउवाले भारतले नेपालको पूननिर्माणकालागि सहयोग गर्ने भनेको एक अर्ब अमेरिकी डलर बराबरको सहायता परिचालने, पन्चेश्वर परियोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार हुन नसकेको विषय उठान गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी