प्रधानमन्त्री : दाेस्राे चरणकाे चुनाव नभए सरकार परिवर्तन हुँदैन

sidha-kura-with-parchandaकाठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाेस्राे चरणकाे चुनाव सुनिश्चित नभएसम्म सरकार परिवर्तन नहुने बताएका छन् ।

शनिबार राति नेपाल टेलिभिजनबाट ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रममा उनले भने, ‘दाेस्राे चरणकाे चुनाव सुनिश्चित नभएसम्म सरकार परिवर्तन हुँदैन, यस विषयमा भएकाे राजनीतिक सहमतिकाे पनि पालना हुन्छ ।’

उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणजस्तै मधेस, पहाड र हिमालका जनताको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनमा शान्तिपूूर्ण रुपमा उत्साहपूर्ण तवरले सम्पन्न भएकामा आफूलाई गौरव महसुस भएको बताए । पहिलो चरणको निर्वाचनले दोस्रो चरणको निर्वाचनका लागि आधार तयार गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा पनि कुनै शङ्का नगर्न सबैसँग आह्वान गरे ।

आफ्नो पार्टीलाई जनताले दिएका मत सन्तोषजनक भएको बताउँदै उनले भने, ‘मेरो पार्टीले जित्नुभन्दा पनि राष्ट्र र जनताले जितेको छ, यसमा मलाई गर्व छ ।’ प्रधानमन्त्रीले प्रदेश र केन्द्रसम्मको निर्वाचन हुँदा जनताले आफ्नो पार्टीलाई जिताउने विश्वास व्यक्त गरे ।

बजेट ल्याउने र संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा मधेस केन्द्रित दलका नेतासँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उनले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलको सहकार्य आवश्यक भएकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी