प्रधानमन्त्रीले गरे महाकाली पुलको शिल्यान्यास

१५ भदौ, कञ्चनपुर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ ओदाली स्थित महाकाली नदिमा ४ लेनको पक्की पुल बन्ने भएको छ । प्रधानमन्त्रि शेरबहादुर देउवाले आज एक समारोहका बिच उक्त पुलको सिलन्यास गरेका छन् ।

pm-deuwa

सिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रि शेरबहादुर देउवाले महाकालीमा चार लेनको पुल निर्माण भएसंगै यहाँका जनातको आवागमन सहज हुने र ब्यापार व्यावसायमा समेत राम्रो बृद्धि हुने बताए ।

यो पुलको निर्माण भएसंगै भारतको राजधानी दिल्लीसंग सम्पर्क हुने र ठूला सवारी साधन चल्ने भएका कारण भारतसँग व्यापारमा बिस्तार हुने भन्दै यसले सुदुरपश्चिमको विकासको ढोका खोलेको बताए ।

पुल निर्माणको कार्य समयमै सम्पन्न गर्नेमा पनि प्रधानमन्त्रि देउवाले प्रतिबद्धता जनाएका छन् । बर्तमान राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्रि देउवाले स्थानिय तहको निर्वाचन भैसकेको र २ नम्बर पैदेशमा पनि हुदै गरेको भन्दै बाकी प्रदेश र केन्द्रिय निर्वाचन पनि तोकिएकै समयमा सम्पन्न हुने बताए ।

महाकाली नदिमा निर्माण हुन लागेको चार लेनको पक्की पुलको लागत ३ अर्ब २७ करोड ९३ लाख रहेको छ भने ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष लिइएको छ । हालसम्म पनि दोधारा चालनी जानका लागि भारतको बाटो जानुपर्ने बाध्यता रहेको छ भने एक मात्र झोलुंगे पुलमा पैदल यात्रा र मोटरसिाइक सम्म ओहोर दोहर गर्न सकिने अवस्था रहेको छ ।

प्रधानमन्त्रि देउवाका साथमा भौतिक योजना तथा निर्माण मन्त्रि बिर बहादुर बलायर राज्यमन्त्रिहरु पुर्ब मन्त्रि तथा अन्य नेतागणहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सुदुरपश्चिमी देउडा,छलिया, गौरा, रानाथारु .नाच लगायतका सुदुरपश्चिमेली सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने