प्रधानमन्त्रीलाई घेराबन्दी गर्नेका बिरुद्द माइतिघरमा बृहत प्रदर्शन हुने

काठमाडौँ, २५ असार । स्वतस्फुर्त रुपमा निश्किएको युवाहरुद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थमा भोली (शुक्रवार) काठमाडौँको माइतिघरमा बृहत प्रदर्शन हुने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजिनामा मागेसँगै सडकमा युवाहरुले समर्थनमा शक्ति प्रदर्शन सुरु गरेका हुन् । केही दिन अघि देखी प्रधानमन्त्री ओलीको समर्थनमा देशभर बृहत प्रदर्शन भइरहेको छ । सोही क्रममा हिजो देशका ७७ जिल्ला सदरमुकाम, प्रदेशको राजधानी तथा काठमाडौँ उपत्यकामा ६ ठाउँ गरी ९० भन्दा बढी स्थानमा एकै पटक प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको थियो ।

त्यस्तै भोली माइतिघरमा दिनको ठिक ३ बजे बृहत शक्ति प्रदर्शन हुने भएको हो । स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगयातले ओलीलाई दुवै पदबाट राजिनामा दिन दवाप दिएपछि राष्ट्रलाई मायाँ गर्ने युवाहरु कोरोनाको कहरकाबीच पनि सडकमा उत्रिएका हुन् ।

सीमा रक्षा, नागरिकता विधेयकलगायतका कुराहरुमा प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा चट्टानी अडानका साथ भारतसँग नझुकेका कारण राजिनामा मागिएको बताउँदै भारतीय दलालहरुलाई कठालो समातेर सडकमा ल्याएरै छोड्ने उद्घोषका साथ युवाहरु कोरोनाको संक्रमणको उच्च जोखिम मोलेर भएपनि आफ्नो ज्यानलाई बाजी मार्दै सडकमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी