प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

oli-mask

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी÷विदेशी शक्ति हावी भएको बताएका थिए। त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएका थिए।

सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रेट महसुस गरी योजना बनाइरहेका छन्। जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ। राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको छ।

गृहसचिव महेश्वर न्यौपानेले भने प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट हुनुपर्ने कुनै कारण नभएको दाबी गरे। ‘राजनीतिक रूपमा हुने थ्रेट उहाँहरूले मिलाउने कुरा हो’, गृहसचिव न्यौपानेले भने, ‘सुरक्षातर्फ विशिष्ट व्यक्तिको सुरक्षा योजनाअनुसार हुन्छ। त्यसमा गृह मन्त्रालय संवेदनशील छ।’

प्रधानमन्त्रीको सुरक्षार्थ खटिने निकायहरू सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूबीच गत साता समन्वयात्मक बैठक बसेको थियो। प्रधानमन्त्रीलाई हुन सक्ने आन्तरिक एवं बाह्य सुरक्षा थ्रेटको सूक्ष्म विश्लेषण गरी त्यसअनुसार सुरक्षाकर्मी परिचालनको निर्णय भएको थियो।

‘प्रधानमन्त्रीमाथि हुन सक्ने आन्तरिक एवं बाह्य सुरक्षा थ्रेटलाई लिएर सुरक्षाकर्मी परिचालनको अवस्थालाई थप मजबुत बनाउने निष्कर्ष बैठकको थियो’, बैठकमा सहभागी एक उच्च अधिकारीले भने, ‘सोहीअनुसार सुुरक्षाकर्मी परिचालित छन्।’ बैठकले सडकमा गस्तीका रुपमा परिचालन हुने सुरक्षाकर्मीको संख्या बढाउन पनि प्रहरी र सशस्त्र प्रहरी मुख्यालयलाई निर्देश गरेको छ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ ९० जना सुरक्षाकर्मी परिचालित छन्। विशेषगरी भीभीआईपीको सवारीमा ‘जेड प्लस’ प्रणालीमा सुरक्षाकर्मी खटिन्छन्। सवारी र निवास एवं कार्यालयमा खटिने सुरक्षाकर्मीका हतियार स्वचालित छन् वा छैनन् भनेर जाँच गरिएको छ।

सम्भावित चुनौती विश्लेषण गरी सुरक्षाकर्मीलाई उच्च सतर्क रहन निर्देशन दिइएको छ। प्रधानमन्त्री निवासमा खटिने सुरक्षाकर्मीलाई २४ सै घण्टा सतर्क रहन भनिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा सुवास गाेतामेले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत