प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते

Parliament-Building-of-Nepal-768x451

१८ जेठ, काठमाडौं । व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ ।

 

भरतपुरमा मतपत्र च्यातिएको विरोधमा प्रमुख विपक्षी एमालेले लगातार दुई दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ । बिहीबार पनि एमालेले संसद अवरुद्ध गरेका कारण बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्या भण्डारीले गरेको आहृवान संसदमा पेश हुन सकेन ।

संसदको अर्को बैठक २१ गतेलाई राखिएको छ ।

तर, बहुमतीय सरकार गठन गर्न आहृवान गरिएको जानकारी सूचना टाँसेर दिने संसद सचिवालयको तयारी छ । भोलि सभामुखले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेपछि सूचना निकालिन सचिवालयले नजाएको छ ।

सम्भवत पर्सि शनिबार उम्मेदवारी दर्ता र आइतबार निर्वाच गराउने तयारी छ ।

निर्वाचन कार्यक्रम सार्वजनिक गर्न र उम्मेदवारी दर्तालाई सदन अवरोधले रोक्दैन । तर, प्रधानमन्त्री चयनका लागि मतदान गर्न भने सदनको अवरोध हट्नुपर्छ ।
भरतपुर प्रकरण टुंगियो भने २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।

सत्तारुढ माओवादी र फोरम लोकतान्त्रिक सहितका दलले देउवालाई समर्थन गर्ने बताइसकेका छन् । प्रमुख विपक्षी एमालेले भने उम्मेदवारी दिने नदिने केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा