April 25, 2020

प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ। जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन्। उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ। प्रदेश १ मा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

द्रूत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् ।

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी