प्रदूषित वातावरणका कारण एक वर्षमा सत्र लाख बालबालिकाको मृत्यु

WHOजेनेभा,पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ ले जनाएको छ ।

सङ्गठनले सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा ताजा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ ।

वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धुलो, असुरक्षित पानी र सरसफाईको कमजोर अवस्थालाई जनाउछ ।

बालबालिका प्रदूषणबाट प्रभावित भएमा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगको खतरा हुने, श्वासनली साँघुरिएर श्वास फेर्न गाह्रो हुने, मुटुसम्बन्धी रोग, हृदयघात र क्यान्सर लाग्नसक्ने चिकित्सकहरूको भनाई छ ।

‘प्रदूषित वातावरण विषेशगरी साना बालबालिकाका लागि निकै घातक हुन्छ,’ डब्लूएचओका प्रमुख मागर्रेट चानले जारी गरेको वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी