काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिको गत फागुन १७ गतेको बैठकले बैंकिङ क्षेत्रका समस्या समाधान गर्न भन्दै उपसमिति गठन गरेको थियो ।
सो उपसमितिलाई १५ दिनभित्र बैंकिङ क्षेत्रमा समस्या पहिचान गरी त्यसका समाधानका उपायसहित उल्लेख गरी अर्थ समितिमा प्रतिवेदन पेश गर्न भनिएको थियो ।उपसमिति गठन भएको एक महिना पुग्न ४ दिन मात्रै बाँकी छ । तर, उपसमिति भने अझै विषय(वस्तु खोज्दै भौतारिरहेकोछ।हामीले ठोसरुपमा छलफल थालेकै छैनौं, त्यसैले प्रतिवेदन कहिले तयार हुन्छ र कहिले बुझाइन्छ भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन,’ कुईंकेलले भने ।
१५ दिनमा प्रतिबेदन बुझाउने टीओहार थियो रु प्रतिबेदन तयार भयो त रु भन्ने क्लिकमाण्डूको प्रश्नमा उपसमितिका सदस्य दिपक कुइँकेलले भने (‘छलफलका लागि विषयवस्तुको पहिचान गरिरहका छौं ।’
उपसमिति गठन भएको हप्ता दिनपछि बैठक बसेर सीपी मैनालीलाई संयोजक तोकेको र चैत पहिलो साता बैठक बसेर कार्यविधि बनाएको कुइँकेलले जानकारी दिए ।
‘उपसमिति गठन भएको करिब महिना दिन भयो, २ पटक बैठक बस्यौं,’ उनले भने, (‘पहिलो बैठकले संयोजक तोक्यो, दोस्रो बैठकले कार्यविधि बनायो ।’
महिना दिन अघिसम्म बैंकि क्षेत्र लगानी योग्य रकम अभावको चरम मारमा थियो । के कारणले तरलता अभाव भयो र कसरी यसको अल्पकालीन तथा दीर्घकालीन समाधान गर्ने भन्ने विषयलाई केन्द्रित गर्दै अर्थ समितिले उपसमिति गठन गरेको हो ।
अहिले बैंकिङ क्षेत्रमा तरलता सहज भइसकेको छ । तर, अझैपनि उपसमितिले आफ्नो प्रतिवेदन तयार पार्न सकेको छैन ।
सीपी मैनाली संयोजक रहेको उपसमितिमा सांसदहरु दिपक कुईंकेल, ल्यारक्याल लामा, गोपाल दहित, ओमदेवी मल्ल र रेवतीरमण भण्डारी छन् । जसमध्ये लामा बैंक लकरभित्र बन्दुक र गोली राखेको भेटिएपछि ठूलो बिबादमा तानिएका थिए ।
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, कात्तिक २१ गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि
कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से
आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा