प्रचण्ड-माधवलाई बामदेवबाट धोका , बामदेवको ६ बुंदे प्रस्तावप्रति प्रचण्ड माधबको असहमति

काठमाडौं, १८ साउन : नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट अझै टरेको छैन । ओलीको राजीनामा माग्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अझै पछि हटेका छैनन् ।

प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम यु टर्न भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति बुन्न सक्रिय भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार तीनैजना नेताहरुले उपाध्यक्ष गौतमबाट धोका भएको निष्कर्ष निकालेका छन् । आन्तरिक बैठकमा नेता नेपालले गौतमबाट विगतमा पनि धोका भएको र फेरि धोका भयो भन्दै नेता अब पत्याउन नसकिने बताएका थिए । प्रचण्डले पनि गौतमले सारेको छ बुँदे प्रस्तावमा शंका व्यक्त गरेका छन् ।

ओलीलाई गलाउँदै लगिएको अवस्थामा एकाएक गौतमले छ बुँदे प्रस्ताव सारेर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैमा रहन दिने विषय उल्लेख गरेका थिए । उनले एउटा बुँदामा मात्र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण जिम्मेवारी दिने विषय राखेका थिए । प्रचण्डलाई फकाउन यो बुँदा राखिएको ओलीइतरको समुहको बुझाई छ । ओली यसमा सहमत भएका छन् । उनका निकटस्थले बामदेवको प्रस्ताव नै सहमतिको बिन्दु हुनसक्ने बताएबाट यो तयार गर्न ओली पक्षकै नेताहरु सक्रिय भएको प्रचण्ड र माधव समुहको निष्कर्ष छ ।

सहमतिको छ बुँदा ल्याएपछि प्रचण्ड र माधव नेपाल सहमत छैनन् । विशेषगरी वरिष्ठ नेता माधव नेपाल वार कि पार मै जान चाहिरहेका छन् । ओली पक्ष पनि प्रचण्ड गल्ने अवस्थामा पुगिसकेको तर नेता नेपालका कारण माहोल अनुकूल नबनेको बुझाईमा छ । अहिले ओलीसँग प्रचण्डको भन्दा माधव नेपालको टकराव बढेको छ ।

स्थायी कमिटी बैठकबारे अन्यौल भइरहँदा प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षर बुझाएको छ । विधान अनुसार अबको २० दिनभित्र बैठक बस्नुपर्ने हुन्छ । अब अन्तिम फैसला केन्द्रीय कमिटीमै हुनसक्ने अवस्था सृजना भएको छ । अहिले देखि नै नेताहरुले केन्द्रीय कमिटीको अंकगणितलाई ध्यान दिन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक