प्रचण्ड : नेपालमा अब फेरी नयाँ क्रान्ति हुन्छ

८ असोज, बाँके ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अब फेरी नयाँ क्रान्ति हुने बताएका छन् । उनले माओवादीको नेतृत्वमा नै नयाँ क्रान्ति हुने बताए । बाँकेको कोहलपुरमा आज धु्रवीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ क्रान्तिका साथ अगाडि बढेमा ८/१० वर्षमा नेपालमा समाजवादी व्यवस्था कायम हुने दावी गरे ।

उनले हिजो माओवादी फुटेको पीडा आफुमा भएको उल्लेख गर्दै अब फेरी धु्रवीकरणको यात्रु शुरु भएकोले नयाँ क्रान्तिको दिशामा अगाडि बढेमा आसन्न प्रदेश र संघको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दावी गरे । अध्यक्ष प्रचण्डले परिवर्तन र जनतालाई अधिकार दिलाउने नेतृत्व माओवादीले गरे पनि जनतालाई सही तरिकाले बुझाउन नसक्दा र पार्टीभित्रैका समस्याले माओवादी पछि परेको अनुभव सुनाए ।

अध्यक्ष प्रचण्डले क्रान्ति पछाडि फर्किन नसक्ने र विश्वमा भएका क्रान्तिहरु पनि फरकफरक भएकाले नेपालमा हुने क्रान्ति नेपाली पनको हुने उल्लेख गरे । उनले आफुले देखेको नयाँ क्रान्तिबाट सबै नेपाली जनता अधिकार पाएर नेपाल महान राष्ट्र बन्ने बताए । उनले नेपालमा कम्युनिष्टहरुबीच नै एकता आवश्यक रहेको औल्याउँदै त्यसको नेतृत्व पनि आफुले गरेर कम्युनिष्ट एकता गर्ने उद्घोष गरे ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र बाबुराम, मोहन बैध र विप्लवलाई राख्न नसक्नु आफ्नो कमजोरी भएको उल्लेख गर्दै पार्टी फुट्नु नै शहिद र वेपत्ताको अपमान भएको धारणा राखे । उनले अब सबै कम्युनिष्टहरु एक हुने बेला बाबुराम, मोहन वैध र विप्लवहरु माओवादी केन्द्रमा सामेल नभई सुखै नहुने बताए ।

विप्लव समूहबाट अशोक रोकाय, नयाँ शक्तिबाट दुर्गा थारुलगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको उक्त कार्यक्रममा प्रदेश नं. ५ का माओवादी केन्द्रका इन्चार्ज वर्षमान पुनले जनताका वीचमा देखिने क्रान्ति पूरा नभएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक