प्रचण्ड क्याबिनेट बैठक रोकेर ओली निवासमा

prachanda१० बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड पूर्वनिर्धारित क्याबिनेट बैठक केहीबेरका लागि रोकेर एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न ओली निवास बालकोटतिर लागेका छन् ।

 

संविधान संशोधन स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बठक अगावै विपक्षी दलका नेता केपीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री बालकोटतिर लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दियो ।

‘क्याबिनेट स्थगित भएको होइन,’ स्रोतले भन्यो, ‘बैठकअघि विपक्षी दलका नेतासँग छलफल गरेर सहमति जुटाउनुपर्ने भएकाले प्रधानमन्त्रीज्यु ओली निवासमा जानुभएको हो ।’

प्रधानमन्त्रीले विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा जुटिसकेका छन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्य्र निधी पनि उपस्थित छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले दुई चरणको चुनावबारे आजै निर्वाचन आयोगका पदाधिकारीसँग समेत छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी