३० कात्तिक, बागलुङ ।
बामपंथी गठबन्धनको चुनावी सभाको तयारी भइरहेको समयमा बागलुङको गलकोट नगरपालिका हटिया ३ मा बम बिस्फोट भएको छ ।
एमाले अध्यक्ष केपी ओली माओवादी अध्यक्ष प्रचण्ड र राजमोका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको सभा स्थल नजिकै बम बिस्फोट भएको स्थानीयबासीले जनाएको छ ।
हटियामा अहिले बिस्फोट भएको बम हो कि के हो भन्ने अझै एकिन नभएको घटनास्थल तर्फ प्रहरी पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख चन्द्र कुबिर खापुङले बताए । बम कसले पड्काएको हो भन्ने अज्ञात रहेको छ ।
बामपन्थी गठबन्धनको पक्षमा चुनावी सभालाई अहिले दिउँसो १ बजे बामपन्थी दलका शीर्ष नेता हेलिकप्टरबाट गलकोट हटिया पुग्ने कार्यक्रम रहेको छ । बागलुङमा ३ वटा बामपन्थी शक्ति एमाले माओबादी र राजमो बिच चुनावी गठबन्धन गरि २ ,२ वटा क्षेत्र बाडेर निर्वाचनमा खडा भएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत