‘प्रचण्ड–ओली अतिवादका नाइके’

काठमाडौं, माघ २९ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् ।
शनिबार संवाद डबलीमा पार्टीमा नव प्रवेशीहरुलाई स्वगत गर्दै खम्बुले वर्तमान नेपालको समस्या ठ्याक्कै माक्र्स, लेनिन र माओले ब्यख्या गरेजस्तै नभई जातीय, क्षेत्रिय र नश्लिय भएको धारणा राखे । खुम्बुले माओवादीले जनयुद्ध थाल्नु पूर्व नै माओवादी र आफूहरुले कार्यगत एकता गरेको बताए ।
प्रचण्ड लगायतका नेताहरुलाई जातिय र क्षेत्रिय उत्पिडनबारे बस्तुगत अवस्थामा सहमत गराएको बताउँदै भने, खम्बुले “हामीले प्रचण्ड बाबुरामहरुलाई जातिय मार्चा बनाउन सुझयौं, सोका कारण माओवादीले छोटो समयमै नब्बे प्रतिशत भूभागमा नियन्त्रण जमायो तर शान्तिप्रक्रिया पश्चात ओरालो लाग्यो । शान्ति प्रक्रियापछि प्रचण्डले खोलो तरेको लौरो बिर्सेपछि जातिय मुद्धा विसर्जनवादमा पुग्यो ।”

SANYO DIGITAL CAMERA
सांसद समेत रहेका खम्बुले वर्तमान संविधान पूर्ण नभएको बताउँदै परिमार्जन गर्दै लिन सकिने धारणा बताए । खम्बुले प्रचण्ड र केपी ओपी दुबै नेता अतिवाद नाइके भएको दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संविधान संशोधन गर्नैपर्ने भन्नु र ओलीले कुनैपनि हालतमा हुँदैन भन्नु दुबै अतिवाद भएको उनको तर्क थियो । प्रचण्ड र ओली अतिवादका नेतृत्वकर्ता भएका कारण समस्या समाधान हुन नसकेको धारणा राखे ।
कार्यक्रममा पार्टीका उपत्यका अध्यक्ष ऋषि खम्बुले देशका समस्या समाधनको लागि जनता एकजुट हुनुपर्ने बताए । केन्द्रीय सदस्य राज्य खम्बु, राज्य राई, साँस्कृतिक प्रालीका श्यम कुमार राई, सोलुखुम्बु अध्यक्ष रामकाजी राईलगायतले पनि धारणा राखेका थिए ।
विभिन्न पार्टी परित्याग गरी ममता राई, मुक्ति सेर राई, इन्दिरा राई, मनिशा सुनुवार, मोहन राई, राकेश पाण्डे, रामकृष्ण बेगारीलगायत दुई दर्जन खम्बुवान मोर्चामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने