प्रचण्डले गर्लान् त ‘चमत्कार’ ?

 

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

फागुन २९, काठमाडौं–बेला बेलामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चमत्कार’ गरिरहेका हुन्छन्, कसैले सोच्दै नसोचेका निर्णय गरेर बेलाबेलामा ‘चमत्कार’ गर्छन् प्रचण्ड ।
फागुन २५ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको अल्टिमेटम चैत १ गते अर्थात अबको दुई दिनमा सकिँदै छ । सो अल्टिमेटममा आफूहरुको माग पूरा नभए मधेसी मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । के यस्तो अवस्थामा प्रचण्डले कुनै चामत्कारिक निर्णय गर्लान् अनि मधेसी मोर्चालाई रोक्न सफल होलान् रुस्रोतका अनुसार प्रचण्ड मधेशी मोर्चाको समर्थन फिर्ता हुन नदिनको लागि प्रयासरत रहेका छन् ।

उनले भित्रभित्रै विभिन्न दलका नेता तथा शक्ति केन्द्रहरुसँग छलफल गरिरहेका छन् । संविधान संशोधनका लागि प्रम बहुमत पुर्याउन लागि परेको देखिन्छ । स्पष्ट बहुमत हुने वित्तिकै मधेशी मोर्चालाई सरकारबाट समर्थन फिर्ता लिनबाट रोक्ने पनि प्रयत्न हुनेछ ।

कमल थापाको आगमन
संशोधन प्रस्ताव पारित गराउनकै लागि प्रधानमन्त्री प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई सरकारमा ल्याएका हुन् ।

प्रधानमन्त्री नीजि सचिवालयका एक सदस्यले भने, ‘मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिने भनेदेखि नै प्रधानमन्त्री तनावमा हुनुहुन्छ । चैत १ गते अघि नै मधेशी मोर्चाका लागि केही गरि हालौं भनि हतारमा देखिनु हुन्छ । त्यसका लागि उहाँले विभिन्न शक्ति केन्द्रहरु सँगको छलफललाई तीब्रता दिनुभएको छ ।’

धेरैले भन्छन्, ‘सरकारलाई जोगाउनका लागि कमल थापालाई सरकारमा ल्याइएको हो ।’
माओवादी केन्द्रका एक पोलिटब्युरो नेताले संविधान संशोधन गराउनका लागि नै कमल थापालाई सरकारमा ल्याइएको दाबी गरे । यसो त मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन ।

सरकार ढल्नका लागि कमल थापाको राप्रपा र विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले पनि फिर्ता लिनुपर्ने हुन्छ तर हालसम्म यी दुई दलले फिर्ता लिने कुनै कुरा बाहिर आएको छैन ।
बरु प्रमले गच्छदारलाई पनि सरकारमा सहभागि गराउने विषयमा छलफल चलिरहेको बताइएको छ ।

यसकारण गच्छदार ब्याक
बिहिबार नै कमल थापासँगै विजयकुमार गच्छदारले पनि शपथ लिने गरी प्रमले कुराकानी गरेका थिए । तर मन्त्रालयमा कुरामा नमिलेपछि गच्छदार केही दिनका लागि ब्याक भएका हुन् ।

गच्छदारको चाहना उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने रहेको छ भने दोस्रोमा सूचना तथा सञ्चार ।

तर अहिले भौतिक काँग्रेसको भागमा छ भने सञ्चार माओवादी केन्द्रको भागमा छ । तत्काल यी दुई मन्त्रालय खाली गराउने अवस्था नरहेकाले कसरी मिलाउने भन्नेमा गृहकार्य चलिरहेको बताइएको छ ।

गच्छदारले अहिलेको आवश्यकता सरकार भन्दा पनि संविधानको कार्यान्वयन र चुनाव गराउनु मुख्य रहेको बताए । ‘अहिलेको प्राथमिकता सरकार होइन, सविधान संशोधन गरि चुनाव गराउनु हो, त्यसको पहलकदमी मैले लिइरहको छु’, उनले भने, ‘सरकारमा आउने जाने त भइरहन्छन् ।’ सरकारमा आउनका लागि प्रधानमन्त्री प्रचण्डले आग्रह गरिरहेको कुरा स्वीकार गर्दै उनले भने, ‘अहिले त्यो अवस्था तयार भएको छैन ।’

यद्यपी गच्छदारले जे दावी गरेपनि मधेशी मोर्चाको अल्टिमेटम सकिन लाग्दाको अन्तिम अवस्थामा गच्छदारलाई सरकारमा ल्याउने माओवादी केन्द्र र काँग्रेसको तयारी रहेको छ ।

कांग्रेसको चाहनाः गठबन्धन टिकाउने
चुनाव सम्पन्न भएपछि सरकारको बागडोर लिने तयारीमा बसेका काँग्रेस जसरी पनि सत्तारुढ गठबन्धनलाई टिकाइराख्नु पर्ने पक्षमा रहेको छ । त्यसैले मधेशी मोर्चाले माग गरे अनुसार सविधान संशोधन गर्न काँग्रेस पनि सकारात्मक देखिएको छ भने उसले दुई दुई बहुमत पुर्याउन दौडधुपमा गरिरहेको छ ।

हिजो मात्रै काठमाडौमा उपलब्ध कांग्रेस पदाधिकारीहरुको बैठले मधेशी मोर्चालाई सरकारबाट बाहिर जान नदिन सत्तारुढ दलले हरसम्भव प्रयास गर्ने निर्णय गरेको थियो ।

कांग्रेस नेता रमेश लेखकले मोर्चालाई सरकारबाट बाहिर जान नदिन सत्तारुढ दलले हरसम्भव प्रयास गर्ने बैठकले निर्णय गरेको भन्दै संशोधन प्रस्ताव पारित गराउनका लागि दुई तिहाई बहुमत पुर्याउन काँग्रेसले आवश्यक पहल गर्ने बताए ।

चैत १ गते मधेशी मोर्चाले दिएको अल्टिमेट सकिने दिन पनि काँग्रेसले बैठक बोलाएको छ । यसैबीच आजै कांग्रेस सभापति शेरबहादुर देउवाले तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई निवासमा बोलाएर सोबारे छलफल गरेका छन् ।
माओवादी केन्द्रको तयारी
माओवादी केन्द्रको हेडक्वाटरको बैठकले पनि दलहरुको बीचमा सहमति जुटाई संविधान संशोधन गरि चुनाव सम्पन्न गराउने निर्णय नै गरेको छ । चुनावको मिति घोषणा गरेपछि बसेको बैठकले मधेशी मोर्चाको माग सम्बोधनका लागि संशोधनको पहल लिने निर्णय गरेको थियो ।

प्रचण्डले मोर्चाको माग पूरा गर्न दौडधूप गरिरहेको भएपनि मोर्चालाई रोक्न सक्ने स्पष्ट संकेत नमिलिसकेको अवस्थामा अबको दुई दिन उनको लागि महत्वपूर्ण हुनेछ । दुई दिनभित्र उनले भन्ने गरेजस्तै ‘चमत्कार’ हुन्छ या मोर्चा गुम्ने छ त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू