प्रकाण्डको नेतृत्वमा वार्ता टोली सार्वजनिक

काठमाडौँ फागुन १९: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले सरकारसँग वार्ता गर्न केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।सो पार्टीका महासचिव नेत्रबहादुर चन्द (विप्लव)ले एक विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्न अर्का नेता दीपकलाई जिम्मेवारी दिएको उल्लेख गरेका छन ।

सरकारले विप्लव समूहसँव बार्ता गर्न गृह मन्त्री रामबहादुर थापा (वादल)को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनुभएको छ ।सरकारले सो समूहसँग वार्ता गर्ने बताउँदै वार्ता टोली गठन गरेपछि सो समूहले पनि वार्तामा बस्ने निर्णय गरेको हो । विप्लव समूहले राजनीतिक वातावरण सहज बनाइदिन सरकारलाई आग्रह गरेको छ । सरकारले पनि वातावरण बनाएको भन्दै तत्कालै वार्तामा आउन सो समूहलाई आग्रहसमेत गरेको छ । सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।सरकार र विप्लव समूहबीच यही साता वार्ता हुने खानेपानी तथा सरसफाइ मन्त्री मणिकुमार थापाले जानकारी दिनुभयो । वार्ताका लागि सरकार र विप्लव समूहले वार्ता टोली बनाएकाले यही साताभित्र काठमाडौंमा नै वार्ता हुने उनले बताए ।

विप्लव समूहका २०६४ पक्राउ

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।उहाँका अनुसार मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन् । ‘१ सय ३६ जना पर्पुक्षका लागि काराकार चलान भएका छन्’, प्रवक्ता कुँवरले भन्नुभयो– ‘पक्राउ परेका ३२ जनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत