पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुर क्वालिफायरमा

काठमाडौं १२ पुस : पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुर प्याट्रि‌ओट्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

दोस्रो क्वालिफायरमा ललितपुरले भोलि भैरहवा ग्लाडिएटरसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार सम्पन्न पहिलो क्वालिफायरमा भैरहवा ग्लाडिएटर विराटनगरसँग पराजित भएको थियो।

ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशमलब १ ओभरमा १ सय ११ रनमा अलआउट भयो।

पोखराका लागि इस्राउल्लाहले २५ रनको योगदान गरे । सुशन भारी १७ रन, किशोर महतो २३ रनमा आउट भए भने ताज अली १० रनमा नटआउट रहे।

खराब सुरुवात गरेको पोखराका ओपनर सुनील धमला २ रनमा आउट भए। लगत्तै आसिफ अलि २ रनमै बोल्ड भएका थिए। तेस्रो ओभरमा राजेश पुलामीमगर ४ रनमा आउट भए । कप्तान शक्ति गौचनले ८ रन मात्र जोड्न सके। सौरभ खनाल ५ रन बनाएर बोल्ड आउट भए। विनोद भण्डारी २ रनमै पेभिलियन फर्के। विक्रम शोव पनि ८ रनमा आउट भए।

बलिङतर्फ ललितपुरका सन्दीप लामिछानेले ३ विकेट लिए। रसिद खान, सनी पटेल र पवन सर्राफले २÷२ विकेट लिए। दिपेश भण्डारीले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ‍२० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३८ रन जोडेको थियो । ललितपुरका लगि सनी पटेलले नटआउट ३८ रन जोडे। यस्तै, दिपेश भण्डारीले नटआउट १९ रन जोडे।

ललितपुरका ओपनर जयकिशन कोल्शावालाले २८ रन जोडे। शंकर रानाले ३४ रन बनाए। कोल्शावाला र शंकरले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल २ रनमा खेलिरहँदा सुशन भारीको एलबिडब्लुको धरापमा पारे। यस्तै कुशल भुर्तेल पनि ८ रनमा इस्राउल्लाहबाट बोल्ड भए। लगत्तै इस्राउल्लाहले शोनु तामाङलाई शून्य रनमा एलबिडब्लु धरापमा पारे।

बलिङतर्फ पोखराका इस्राउल्लाहले ३ विकेट लिए। सुशन भारीले २ विकेट लिए ।

दोस्रो क्वालिफायर्स खेल भोलि ११ बजे भैरहवा र ललितपुरबीच टियू मैदान कीर्तिपुरमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति