पैसा भरमा एमालको सिटः बिजुक्छें

1462862014Narayanman-Bijukcheभक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काँग्रेसको तुलनामा एमालेले पैसा बाँडेर आफ्नो सिट संख्या बढाएको आरोप लगाउनु भएको छ ।
बिजुक्छेंले १५ सालदेखि काँग्रेसले र अहिले आएर चुनावका समयमा मतदातालाई प्रलोभनमा पार्दै ठूलो धन राशी एमालेले खर्च गरेको आराप लगाउँदै त्यसको उदारहण भक्तपुरको सूर्यबिनायक र चाँगुनारायण नगरपालिकामा गरेको खर्चले प्रष्ट पारको उहाँले बताउनु भयो ।
उहाँले एमालेले कम्युनिष्टको ‘क’ समेत उचारण गर्न मन नपराउने र ब्यवहारले पुँजीबादी चरित्र प्रष्ट पारेको बताउँदै बिगत देखिनै भन्दै आएको भनाई पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ब्यवहारमा देखाएको आरोप लगाउनु भयो । चुनावको समयमा आचारसंहिता उल्लघन गर्दै संसारमा कहिं नभएको काम वर्तमान सरकारले गरेको भन्दै बिजुक्छेंले यो सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएको र सरकार फेरबदल समेत गरेको बताउनु भयो ।
वर्तमान सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तहको २२ सिट संख्या थपेर गलत काम गरेको बताउँदै राजपालाई चुनाबमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटी खेल जस्तै भएको उहाँको भनाई छ । सञ्चारकर्मीको एक जिज्ञाशामा प्रति प्रश्न गर्दै उहाँले राजपाले गोप्य कोठामा बसेर पुरै भाग माग्यो भने के गर्ने ? नयाँ बन्ने बहुमतिय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्तहरु भने राख्ने बताउनुभयो । यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अबस्थामा प्रतिपक्षमै बसेर भएपनि सरकारलाई सहयोग गर्न सकिनेतर्फ उहाँले संकेत समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने