काठमाडौँ, १६ पौष । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य काठमाडौँमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको १०० रुपैयाँ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।