काठमाडौं स् पृथ्वीजयन्तीको बिदाबारे आइतबार मन्त्रिपरिषद्को सामाजिक समितिको बैठकमा गृहमन्त्री र मन्त्रीबीच चर्काचर्की भएको छ ।सार्वजनिक बिदाहरूको बारेमा निर्णय गर्न बसेको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीबीच चर्काचर्की भएको हो ।
बैठकमा उपप्रधानमन्त्री निधिले राजा–महाराजाको जयन्तीमा बिदा नदिने बताएका थिए भने गिरीले पृथ्वीनारायण शाह राजा मात्र नभई एकीकरणको हिरो भएकाले बिदा दिनुपर्ने अडान राखेका थिए । अन्ततः निधिका कारण समितिले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको बिदा नदिने निर्णय गरेको छ ।समितिमा रक्षामन्त्री बालकृष्ण खाँड र वाणिज्यमन्त्री रोमी गौचन थकाली सदस्य छन् ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भने समितिले गरेको निर्णयप्रति अनभिज्ञता प्रकट गर्दै मन्त्रिपरिषद्बाट पृथ्वीजयन्तीमा बिदाको निर्णय गराउन पहल गर्ने बताए । ‘पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण गरेकै कारण हामी नेपाली भएर बाँच्न पाएका हौं, समितिले के निर्णय गर्यो त्यो ठूलो कुरा होइन,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गराउन मेरो कुनै कमजोरी हुने छैन ।’
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने