काठमाडौं,साउन १, २०७८ । पूर्व शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।जातिय विभेद गर्ने घरबेटी सरस्वति प्रधानलाई हिरासतमै सरकारी गाडी लिएर छुटाउन गई अनुसन्धान नै प्रभावित पारेको र जातिय छुवाछुत तथा कसुरको घटनामा समलग्न भएको भन्दै श्रेष्ठ विरुद्ध रुपा सुनारले जाहेरी दिएकी थिइन् ।
तर, प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको थियो ।
बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।
सञ्चारकर्मी सुनारले राजधानीको बबरमहलमा कोठा खोज्ने क्रममा जातिय विभेद भोग्नु परेको थियो । घरबेटी सरस्वति प्रधान विरुद्ध जाहेरी दिएपछि प्रधान पक्राउ परेकी थिइन् । तर, पक्राउ परेकी उनीमाथि हिरासतमै राखेर अनुसन्धान चलिरहेको बेला शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले हिरासतबाटै गाडीमा हालेर घर पुर्याएका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।