February 13, 2017

पूर्वराजा ज्ञानेन्द्रमा : दिल्लीको आश

gyanendraकाठमाडौं, फागुन २ – बाहिरभन्दा भित्र र स्वदेशमा भन्दा विदेशमा धेरै सक्रिय देखिन थालेका पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंककको आठ दिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । यसअघि पनि उनी बैंकक गएका थिए र त्यतैबाट चीन पुगेका थिए । यसपटकको बैंकक भ्रमणमा पनि उनले चीन र भारतका रहस्यमय दूतहरुसँग भेटघाट गरेको स्रोतको दाबी छ । प्रमुख तीन दल संविधान कार्यान्वयनका लागि निर्वाचनको मिति घोषणा गर्न असफल भइरहेका बेला गणतन्त्रलाई अस्वीकार गर्ने प्रमुख शक्तिका नायक मानिएका पूर्वा राजा ज्ञानेन्द्रको बैंकक भ्रमण भएको हो । गणतन्त्र र दलहरु असफल भएको निष्कर्षसहित व्यवस्था विस्थापनको अभियानमा जुट्दै स्वदेश तथा विदेशका राजनीतिक शक्तिहरुँग छलफलका लागि उनी ०७३ माघ २० गते बैंकक पुगेका थिए । त्यहाँ गोप्य राजनीतिक भेटघाट गरेर माघ २७ मा उनी स्वदेश फर्किएको खबर छ । बैंककमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष पात्रसँग योपटक पनि गोप्य रुपमा विशेष वार्ता भएको ज्ञानेन्द्र शाह निकट स्रोतले बताएको छ । ज्ञानेन्द्र शाहको एक हप्ता लामो बैंकक बसाईमा विशेषतः चिनियाँ र भारतीय राजनीतिक व्यक्तित्वहरुसँग नेपालको वर्तमान राजनीतिक अस्थिरताले देशको धार्मिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा उत्पन्न तिक्तताले राष्ट्रिय एकतामा खलल पुगेको र यसको समाधान सबै राजनीतिक शक्तिहरुबीचको सहमति मात्र विकल्प रहेको बारेमा गम्भीर वार्ता भएको बताइएको छ । नयाँ दिल्लीको दूतसँग भएको छलफलमा हिन्दु राष्ट्र बनाउने विषयमा केही रणनीति बनाइएको र त्यसलाई कार्यान्वयन गर्न अब ज्ञानेन्द्र शाह विशेष सक्रिय भएर देश दर्शनमा निस्किने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको