October 21, 2017

नेताहरू जिम्मेवार भएनन् , मैले जिम्मेवारी लिने समय आयो (भिडियो): ज्ञानेन्द्र शाह

th४ कात्तिक, काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे ।

 

एउटा जिम्मेवार नागरिकको हैसियतले आफूलाई मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफूले नेतृत्व लिने समय आएको पनि दाबी गरे ।

‘अहिले दुबो, गोदावरी र मखमली फूललाई वास्ता नगर्ने तर, कागजको फूलमा सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं’ शाहले भने,’त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ ।’

आफ्नो यो भनाइ पछि फेरि पूर्वराजा सक्रिय हुन खोज्यो भनिने उल्लेख गर्दै उनले अघि भनेे,’अब फेरि सक्रिय भयो भन्ने कुरा होला, यो सक्रिय हुने वा नहुने कुरा होइन, तर यो देशको परिस्थतिले मागेको र समय पनि आएको जस्तो मलाई लाग्छ ।’

उनले आजको दिन परिवारसँग बस्ने दिन भएको उल्लेख गर्दै नागरिकलाई आफूले भनेको कुरा ध्यान दिएर सुन्न पनि आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने