जेठ ०२, फिदिम : पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो।
सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर (सीमास्तम्भ) छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिनमा एसएसबीले कब्जा जमाएको हो।नेपाली भूमि भारतले कब्जा गरेको थाहा भएपछि फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वले एसएसबीसँग मंगलबार वार्ता गरेको थियो। वार्तामा माथिको निर्देशनअनुसार आफूले सीमा क्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबीको कमान्ड गरिरहेका रिक्सल कुमारले बताएको राईले जानकारी दिए। ‘एसएसबीले नेपाली भूमि मिचेको हो,’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘हाम्रो स्तरबाट मिलाउन सम्भव भएन, यो विषयमा संघीय सरकारले गम्भीरतासाथ चासो दिनुपर्छ।’
एसएसबीले कब्जा गरेको आहाल गैरी क्षेत्रमा संग्रहालय बनाउन डिभिजन वन कार्यालय पाँचथरले बन उभोक्ता समितिलाई १० लाख रुपैयाँ उपलब्ध गराएको थियो। सन्दकपुर आहालगैरी कबुलियती वन उपभोक्ता समितिले संग्रहालय बनाउने काम सुरु गर्न लाग्दा एसएसबीले अवरोध गरेको हो। ‘संग्रहालय निर्माण सुरु गरेपछि एसएसबीले यो जमिन भारतमा पर्छ भन्दै अवरोध गरे,’ स्थानीय शिल्प राईले भने, ‘उक्त क्षेत्रमा करिब सय हाराहारीमा एसएसबी तैनाथ छन्।’
वन उपभोक्ता समितिले वैशाख २४ गतेदेखि सुरु निर्माण कार्य २६ गते एसएसबीले अवरोध गरेको हो। उक्त क्षेत्र एसएसबीले नियन्त्रणमा लिएको छ। एसएसबीले नियन्त्रणमा लिएको जमिनमा नेपाली नागरिकले एउटा होटल र एउटा गोठ सञ्चालन गरेका छन्। गोठ र होटल पनि उसकै नियन्त्रणमा छन्। उक्त स्थानमा पिंकी शेर्पाले होटल र पेम्बा छिरिङले गोठ सञ्चालन गरेका थिए।
सीमा क्षेत्रमा एसएसबीले अवरोध गरेको खबर सुनेपछि समाधानका लागि आफूले पहल थालेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए। ‘वास्तविकता बुझ्न टोली खटाइएको छ,’ प्रजिअ शर्माले भने, ‘डिभिजन वन कार्यालयको टोली बुधबार सीमा क्षेत्रतर्फ पठाइएको हो। वन कार्यालयको टोलीले ल्याएको प्रतिवेदनका आधारमा प्रशासनका काम थाल्ने शर्माको भनाइ छ। भीमकुमार बाँस्कोटाले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण