पुष्पकमल दाहाल : ओलीजी र म पुल भत्काएर अगाडि बढेका हौँ , पछि हट्ने कुरा आउँदैन

 ९ पुस,चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताउनुभयो ।

एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उहाँले भन्नुभयो, “दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन । हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन ।” संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको बताउँदै नेता दाहालले भन्नुभयो, “पछि हट्ने विकल्प छैन ।”
उहाँले हिजो (शनिबार) र आज(आइतबार) बिहान पनि आफूले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कसरी छिटो पार्टी एकता गर्ने भन्ने विषयमा छलफल गरेको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन भन्दै विपक्षमा रहने काँग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको प्रतिनिधित्व नहुँदा वामपन्थीका लागि पनि खुशीको कुरा होइन, प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता लिन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने