२ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमाथिको गुनासो अध्ययन गर्न गठित कार्यदलले दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिरहेको छ ।
स्थानीय तह पुनर्संरचनासम्बन्धी विवाद सुल्झाउने प्रयासस्वरुप आईतबार सप्तरी जिल्लाका प्रत्यक्ष निर्वाचित तथा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरु छलफल गरेको कार्यदलले सोमबार सिरहा, महोत्तरी र धनुषाका सांसदहरुसँग छलफल गर्दैछ ।
कार्यदलले बिहान सिरहाका, दिउँसो महोत्तरीका र साँझ धनाुषाका सांसदहरुसँग छलफल गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै कार्यदलले मंगलबार मंगलबार सर्लाही, पर्सा, बारा र रौतहटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्नेछ ।
सांसदहरुसँगको छलफलपछि कार्यदलले सुझावसहितको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्नेछ । कार्यदलको सुझावकै आधारमा स्थानीय तह पुनर्संचना सम्बन्धी विवादलाई टुङ्ग्याउँने तयारी सरकारको छ ।
मन्त्रिपरिषद्ले गत माघ २० गते स्थानीय तह पुनर्संचनासम्बन्धी गुनासो सुनेर सरकारलाई सुझाव दिन स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्ऽराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
समितिलाई आवश्यक सुझावसहितको प्रतिवदेन दिन १५ दिनको समयसीमा दिईएको छ । यसअघि स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि पनि दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको थियो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने