पुनर्बासमा दोस्रो दिन पनि तनाव : एसएसबीको २५ राउन्ड हवाई फायर, ५ राउन्ड अश्रुग्यास

kanchanpur-768x561

फागुन २८,कञ्चनपुर – कञ्चनपुरको पुनर्बासमा शुक्रबार पनि झडप भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट नेपाली नागरिक गोविन्द गौतमको बिहीबार मृत्यु भएपछि विरोध प्रदर्शनका क्रममा झडप भएको हो ।

कल्भर्ट निर्माणस्थलमा बिहानैदेखि दुवै देशका बासिन्दाले दोहोरो ढुंगामुढा गरेका थिए । स्थानीय हेमन्त न्यौपानेका अनुसार बिहानैदेखि घटनास्थल तनावग्रस्त थियो । सो क्षेत्रमा विरोध प्रदर्शन गर्न सयौँ संख्यामा नेपाली नागरिक पुगेका थिए । उनीहरूले भारतीय प्रहरीबाट ज्यादती भएको भन्दै नाराबाजी गरेका थिए । छिमेकी भएर भाईमाराको व्यवहार गरेको भन्दै प्रदर्शनकारीले भारतको विरोधमा नाराबाजी गरेका हुन् ।

दुवै देशका नागरिकबीच दोहोरो ढुङगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन एसएसबीले २५ राउन्ड हवाई फायर र पाँच सेल आश्रुग्याँस प्रहार गरेको थियो । भीड नियन्त्रण गर्न नेपाली सुरक्षाकर्मीबाट पनि पाँच सेल आशुँग्यास प्रहार गरेको थियो । झडपका क्रममा नेपालतर्फ ३५ जना समान्य घाईते भएको स्थानीयले बताएका छन् ।

 

साँझसम्म पनि प्रहरीले आक्रोसित प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सकेको थिएन । तर,रात परेसँगै दुवै देशका नागरिक आ–आफ्नो घरतिर लागेपछि स्थिति समान्य बनेको थियो । तर, मृतकको उच्च सम्मान, दोसीलाई कार्बाही, भारतीय ज्यादती रोकिने विश्वास नभएसम्म आन्दोलन जारी राख्ने स्थानीयको चेतावनी छ ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले भारतीय पक्षसंग गरेको तीन बुँदे मौखिक सहमती नेपालीको हित विपरित भएको भन्दै प्रदर्शनकारी आक्रोशित भएको स्थानीय लाकेन्द्र लम्सालले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरे पनि राष्ट्रियता, मातृभूमीको लडाईं भन्दै स्थानीयहरुले भारतीय प्रहरीको विरोधमा नारावाजी गरेका थिए । पूनर्वास घटनापछि सीमा क्षेत्रमा हुने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यता, माओवादी केन्द्र ७ नम्बर प्रदेशको बन्द आब्हानसंगै पुनर्बाससहित कञ्चनपुरका विभिन्न ठाउँमा स्थानीयले स्वतस्फूर्त प्रर्दशन गरेका छन् । सदरमुकाम महेन्द्रनगर, सीमावर्ती क्षेत्र बेल्डाँडी, बेलौरी र पुनर्वासको आईबिआरडी, झलारी, कृष्णपुरमा स्थानीय, दल तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । महेन्द्रनगरमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपानिकटका विद्यार्थी संगठन प्रदर्शन गरेका थिए । महेन्द्रनगरमा विद्यार्थीले एक सरकारी मोटरसाईकल तोडफोडसमेत गरेका छन् ।

पुनर्वास नगरपालिकाको आईबिआरडी बजारमा प्रदर्शनकारीले भारतीय नागरिकका पसलमा तोडफोड गरेका छन् । स्थानीय लक्ष्मण कुमालका अनुुसार आक्रोशित भीडले १० भारतीय नागरिकका पसलमा समान्य तोडफोड गरेका हुन् । तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई प्रहरीले तितरवितर बनाएको थियो ।

‘सरकारको लिखित निर्णयपछि मात्र गौतमको पोष्टमार्टम’
एसएसबीले चलाएको गोली लागेर मृत्यु भएका गोबिन्द गौतमलाई सरकारले शहिद घोषणा र उनको परिवारलाई राहत स्वरुप १० लाख र आश्रित परिवारका सन्तानलाई पठन पाठन गराउने निर्णय गरेको छ । तर, आफन्त तथा परिवारले सरकारको निर्णय लिखितरुपमा पाएपछि मात्र गौतमको पोष्टमार्टम गर्ने बताएका छन् ।

मृतक गौतमका आफन्त रमेश थापाले सरकारको निर्णय कञ्चनपुर प्रशासनमार्फत परिवारको हातमा नपरेसम्म पोष्टमार्टम नगरिने बताए । ‘जबसम्म मन्त्रीपरिषद्को निर्णय लिखितरुपमा जिल्ला प्रशासनले पीडित परिवारको घरमा पु¥याउदैन, तबसम्म न लास उठ्छ न त हामी बुझ्छौँ’, थापाले भने, ‘सरकारको निर्णयलाई पीडितको दैलोमा पुर्या‍उने जिम्मा स्थानीय प्रशासनबाट हुनुपर्छ ।’ यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने