पीपीएल : विराटनगरको पहिलो जित , बुटवल ब्लास्टर्सको पहिलो हार !

पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ ।

प्रतियोगितामा यसअघिका तीन खेलमा पराजित भएको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो ।

पोखरा रंगशालामा १४१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । बुटवलका लागि भीम सार्कीले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । बुटवलका लागि सागर पुनले २९ र शंकर रानाले २३ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २-२ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । विराटनगरका लागि मोहम्मद जाइद आलमले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा ७२ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, प्रदीप ऐरीले ४१ रन बनाए । आलम र ऐरीको उत्कृष्ट प्रदर्शनमा विराटनगरले सम्मानजनक स्कोर बनाएको थियो ।

शून्य रन हुदा पहिलो विकेट गुमाएको विराटनगर सुरुवाती समयमै दबाबमा आएको थियो । ३६ रन हुदा अर्को विकेटको रुपमा जितेन्द्रसिंह ठकुरीलाई गुमाएको विराटनगरले त्यसपछि भने सम्हालिएर खेलेको थियो ।

बलिङतर्फ भने बुटवलका ललित भण्डारीले २ विकेट लिए । त्यस्तै, सामसद शेख, विपिन खत्री र सागर पुनले समान १-१ विकेट लिए । लगातार ३ खेलमा हार ब्यहोर्दै २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको विराटनगरले आफ्नो चौथो खेलमा जित हात पारेको हो ।

यता, बुटवलको भने यो पहिलो हार हो । यसअघि बुटवलले दुबै खेलमा जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति