पीपीएल : बुटवललाई ३७ रनले हराउँदै काठमाडौं प्लेअफ नजिक

हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रनमात्र जोड्न सक्यो । यस जितसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगको अन्तिम खेलमा शनिबार पोखरा पल्टनसँग खेलेपछि मात्र प्लेअफ वा फाइनल पुग्ने समीकरण टुङ्गो लाग्नेछ । पराजित टोली बुटवलको पनि प्लेअफ पुग्ने गणितीय सम्भावना भने जिवितै छ । सुरुवाती दुई खेल जितेको बुटवल लगातार तेस्रो हारसँगै प्लेअफ पुग्न अन्य खेलको नतिजामा भर हुनेछ ।

ओपनर सागर पुनलाई तेस्रो ओभरमा १ रनमा गुमाएको बुटवलका लागि यूएईका चिराग सुरी र रोहन मुस्तफाले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । चिराग नवौं ओभरमा ११ रन जोड्दै वसन्त रेग्मीको बलमा एलबीडब्लु भए । त्यसपछि लगातार विकेट गुमाएपछि बुटवलले खेलमा पकड गुमाएको थियो । बुटवलका लागि भीम सार्कीले १२, सिद्धान्त लोहनीले १३, कप्तान सोमपाल कामीले ४ तथा शंकर रानाले ४ रनमात्र जोडे । रोहन मुस्तफाले सर्वाधिक ६१ रनको योगदान दिए । ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका मुस्तफा वसन्तको बलमै एलबीडब्लु भए । काठमाडौंका लागि अमरसिंह राउटेलाले ३ तथा वसन्त रेग्मी र नन्दन यादवले २-२ विकेट लिए । गौरव तोमरले पनि १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । नरेशले २८ बलमा ५ छक्का र ३ चौका हिर्काए । कप्तान ज्ञानेन्द्र मल्ल २४ रनमा रनमा नटआउट रहे । कप्तान मल्लले १३ बलमा २ चौका र १ छक्का हिर्काए ।

ओपनर जयकिसन कोल्सावालाले ४५ रनको योगदान दिए । ३५ बलमा कोल्सावालाले ३ चौका २ छक्का प्रहार गरे । अघिल्ला खेलमा उच्च प्रदर्शन गरेका गौरव तमोर ११ रनमा आउट भए । ओपनर अमित श्रेष्ठ ४ रनमा आउट भए । विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र मोहम्मद संसाद शेखले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल