पिताको अन्तिम संस्कारबाटै खेल खेल्ल आतुर खेलाडी

rishav-pantaएजेन्सी । दुई दिन अगाडि मात्र युवा क्रिकेटर ऋषभ पंत पितृशोकमा थिए । तर उनी शोकमा पनि विचलित नभइ पिताको अन्तिम संस्कार गरेलगत्तै आफ्नो टीम दिल्ली डेयरडेविल्सको लागि खेले । यतिमात्र होइन, उनले ३३ बलको सामना गर्दै अर्धशतक समेत बनाए ।

उनले एक शानदार पारी खेलेपनि शेन वाट्शनको कप्तानी रहेको आसिबीले दिल्लीलाई १५ रनले पराजित गर्‍यो । दिल्ली ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरको पहिलो बलमा पवन नेगीको हातबाट पंत आवट हुन पुगे, जुनबेला खेल जिताउन ऋषभ नायक बन्न सक्थे । उनको उक्त शानदार पारी जितका लागि पर्याप्त हुन सकेन ।

शनिबार ऋषभले आफ्नो पहिलो बलमा नै छक्का हानेका थिए । उनी बैंगलोरविरुद्ध जमेर खेलेपनि दोस्रो खेलाडिको राम्रो साथ मिलेन ।

१९ वर्षीय पंतको पिताको बिहीबार मृत्यु भएको थियो । उनी अन्तिम संस्कार सकेर शुक्रबार टीमसँग जोडिएका थिए । बताइएअनुसार उनी अभ्यास खेलमा पनि भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी