पार्टी एकताका विषयमा नयाँ शक्ति पार्टीका नेताहरुबीच चर्काचर्की

१३ साउन, काठमाडौ– डा. बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति पार्टीमा कुन पार्टीसँग एकीकरण गर्ने या आफ्नै पहिचान बनाएर अघि बढ्ने भन्नेमा नेताहरुवीच गम्भीर मतभेद देखिएको छ । यो पार्टीमा केही नेता माआबादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा उभिए भने कोही पुजिबाद अंगाल्ने शक्तिमा समाहित हुनुपर्ने पक्षमा उभिन पुगेका छन् ।baburam-nayashakti_35SvAsO9Dzनयाँ शक्तिको संघीय परिषद बैठकमा बोल्ने क्रममा कतिपय नेताबीच घोचपेच मात्रै भएन एकीकरणबारे चर्काचर्की नै हुन पुग्यो । पछिल्लो समय नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकीकरण गर्ने चर्चा भइरहेका बेला धेरैजजसो नेताहरुले फोरमसँग भन्दा माओवादी केन्द्रसँग एकता गर्नु उपयुक्त हुने निश्कर्ष सुनाएका थिए । त्यस क्रममा सो पार्टीका नेताहरु स्पश्ट दुई धारमा विभाजित बनेका थिए । बैठक हलमा बोल्ने क्रममा केहीले कम्युनिष्ट धारको वकालत गरे भने केहीले पुँजिबादको वकालत गरेका थिए । 

कम्युनिष्ट  धारको नेतृत्व हुनुपर्छ भन्नेमा परशुराम तामाङ, देवेन्द्र पौडेल र रामकुमार शर्मा लगायतका नेता देखिए भने पँुजिबादको पक्षमा डम्बर खतिवडा लगायतका नेताहरु उभिएका थिए । 

बैठकमा आफ्नो धारणा राख्दै नेता परशुराम तामाङले पुँजिबादको विकल्प समाजबाद भएको भन्दै पुँजिवादमा जानै नसकिने बताएका थिए । उनले कसैले पार्टी त्यो दिशामा जान्छ भनेर भन्छ भने त्यो भ्रम मात्र हुने भन्दै त्यस्तो भ्रम नपाल्न खतिवडा पक्षलाई चेतावनी दिए । तामाङको भनाईमा समर्थन गर्दै नेता देवेन्द्र पोडैल र रामकुमार शर्माले पनि कम्युनिष्ट विचारधारा बोक्ने पार्टीसँगै पार्टी एकता गर्न सहज हुने धारणा राखेका थिए । नेता पौडेलले त नयाँ शक्ति पार्टीको लिङग नै पहिचान नभएको भन्दै पहिला लिङग पहिचान गरेरमात्रै अघि बढ्नुपर्ने बताएका थिए ।

 उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघठनको चर्चा गरेको स्मरण गर्दै आवाश्यक परे नयाँशक्ति पनि विघटन गरेर यी दुईपार्टीबीच पार्टी एकता गर्न सकिने बताएका थिए । यद्यपी डा बाबुराम भटराइले भने यसअघि माओवादीसँग एकीकरण नभई कार्यगत एकता मात्र गर्न सकिने चर्चा गरेका थिए ।

तर, नेता खतिवडाले भने नयाँ विचारमा अघि बढ्नुपर्ने भन्दै पुरानो माक्सबादी विचारमा फर्कन नहुने र त्यहि अनुसार पार्टी एकता गर्न सकिने बताएका थिए । 
परिषद बैठकमा एनजिओ र आईएनजिओ पक्षधर नेताहरुले भने एकताबारे कुनै पनि धारको चर्चा गरेनन् । तीनदिनअघि सुरु भएको सो पार्टीको बैठक शुक्रबार सकिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने