पार्टीको कार्यक्रममा जाँदा मन्त्रीले सरकारी गाडी चढ्न नपाउने

election-commissionचैत – निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकामा पछिल्लो निर्णयले त्यसलाई केही हदसम्म खुकुलो र सहज तुल्याएको छ । आचारसंहिता पालनासम्बन्धी नीतिगत निर्णयलाई थप प्रभावकारी तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले सरकारका मन्त्रीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि कुनैपनि राजनीतिक कार्यक्रममा भाग लिन नपाउने गरी अर्को नीतिगत निर्णय पनि गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले आगामी वैशाख १६ गते उम्मेदारी दिने तथा आयोगले उम्मेदवारलाई वैशाख १९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यसले आचारसंहिता पालना थप प्रभावकारी हुने आयोगले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक