पारस आज पनि नखेल्ने सम्भावना

khadka-750x420काठमाडौं, फागुन ३० – आइसिसि विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँगको दोश्रो खेलमा पनि नियमित कप्तान पारस खड्काले नखेल्ने सम्भावना धेरै देखिएको छ ।

केही समयअघि पेटको शल्यक्रिया गरेका कारण पारसले केन्यासँगको पहिलो खेल खेल्न सकेनन् । सोमबारको खेलमा पनि पारसले खेल्ने नखेल्ने सम्भावनाबारे नेपाल क्रिकेट संघ क्यानले केही बताएको छैन ।

क्यानका प्राविधिक विश्लेषक रमन शिवाकोटीले मैदानको कण्डिसन हेरेपछि मात्र यसबारे टुंगो लाग्ने बताए । उनले भने ‘अहिलेलाई पारसको सम्भावना फिफ्टी फिफ्टी हो, शिवाकोटीले भने मैदानमा पुगेपछि कुन कुन खेलाडी प्लेइङि इलेभेनमा पर्ने तय हुन्छ ।’ पारसले नखेले नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले नै सम्हाल्नेछन् । यसबाहेक नेपालको टीमपनि लगभग उही हुनेछ ।

ज्ञानेन्द्र र सुनिल धमलाले ओपनिङ ब्याटिङ्ग गर्नेछन् । मेहबुबको ठाउँमा अरिफ शेखले खेल्ने सम्भावना छ । करण केशी विरामी भएपछि टीममा बोलाइएका अभिनास कर्णले खेल्ने नखेल्ने टुंगो छैन । उनले नखेले नेपाल एकमात्र फाष्ट बलर सोमपाल कामी मिडयम फाष्ट सन्दिप लामिछाने अनि तीन स्पिनर शक्ति गौचन बशन्त रेग्मी र सागर पुन सहित मैदान उत्रिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति