पानीमा नुन मिसाएर नुहाउनुस् , पाउनुहुन्छ चामत्कारीक लाभ !

१० असार – नुन एक यस्तो पदार्थ हो जसको प्रयोगविना हाम्रो खानाको कुनै स्वाद नै हुन्न । नुन नहालेको खाना खानलाई कसैले भन्यो भने हामी निकै नै सोच्छौँ कसरी यस्तो खल्लो खाने भनेर । हुन त नुन नहालेको खाना पनि खान सकिन्छ, स्वास्थ्यको लागि राम्रै हो ।

तर, कतिपय अवस्थामा नुनको मात्रा शरिरमा कम भयो भने रक्तचाप न्यून हुने जसले गर्दा हामी बिरामी हुन सक्छौँ भने आयोडिनको कमीले कपाल झर्ने, छाला खस्रो हुने, आँखा धमिलो हुने लगायत अन्य समस्याहरु पनि हुन सक्छ । त्यसैले आयोडिन युक्त नुन खानु हाम्रो स्वास्थ्यको लागि राम्रो हो ।

प्राय : जसो खानामा प्रयोग हुने नुनको अन्य तरिका पनि छन् प्रयोग गर्ने । तपाईँलाई थाहा छ नुन युक्त पानीको प्रोगले तपाईँलाई गोरो बनाउनमा सहयोगी हुन्छ भनेर ? हुन त नुनको प्रयोग हामीले खानका लागि मात्रै प्रयोग गर्छौ तर, नुहाउने पानीमा पनि नुनको प्रयोग गर्यौँ भने तपाईँ गोरो पनि हुन सक्नु हुन्छ । आयुर्वेदका अनुसार नुनमा पाइने म्याग्नेशियम, क्याल्सेयिम, सोडियम जस्ता मिनरल्सले शरीरलाई कुनैपनि किसिमको संक्रमण हुनबाट जोगाउँछ ।

जानौँ नुन युक्त पानीको फाइदाबारे :

१. नुन युक्त पानीले नुहाउनाले तपाईँको कालो रंग गोरो हुँदै जान्छ । यसले छालामा भएका मृत कोषहरुलाई निकाल्छ र छालालाई नरम र चम्किलो बनाउनुका साथै निखार पनि ल्याउँछ ।

२. पानीमा नुन मिसाएर नुहाउनाले हड्डीमा भएको दुखाईमा पनि राहत मिल्छ । नियमित रुपले नुन पानीले नुहाउनाले जोर्नी दुखाईको समस्या पनि निको हुन्छ ।

३. नुन पानीले नुहाउनले रक्त सञ्चार पनि राम्रो रहन्छ तथा ब्रेन इन्फेक्सन पनि हुँदैन । साथै तनाव कम गरेर शान्ति महसुस हुन्छ ।

४. नुन पानीले नुहाउनाले मांसपेशीहरुमा आराम हुन्छ र मांसपेशीमा हुने दुखाई पनि कम हुन्छ ।

५. नुन पानीमा भरपुर मात्रामा म्याग्नेशियम, क्याल्शेयिम, सोडियम जस्ता खनिज पदार्थ पाइन्छ । जसले छालाको गहराइ सम्म गएर सफा गर्छ । यसले गर्दा छालामा संक्रमणको खतरा कम भएर जान्छ ।

६. नुन पानीले नुहाउनाले छालामा मोइस्चराइजरको कमी परा हुन्छ । यसले छालाका कोषहरुलाई राम्रो सँग विकास गर्ने काम गर्छ साथै छालालाई स्वस्थ पनि राख्छ । नुन पानीले अनुहारमा भएको दागलाई पनि हटाउँछ ।

७. नुन पानीमा पाइने तत्वहरुले छालामा भएको पंmगसलाई हटाउने काम गर्छ र यसले कपालमा भएको चाँयालाई पनि कम गर्दै छुट्कारा दिन्छ ।

८. नुन पानीले नुहाउनाले कपालमा हुने ब्याक्टेरियालाई हटाएर कपाललाई स्वस्थ र चम्किलो बनाउँछ ।

९. नुन पानीको प्रयोगले शरीरमा तेलको मात्रालाई कम गर्छ । यसले शरीरमा एसिडिटीको समस्यालाई पनि कम गर्छ । साथै कब्जीयतको समस्यामा पनि राहत दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि